Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आज

अर्थ संसार

बुधबार, ०३ बैशाख २०८२, ०७ : ४७ मा प्रकाशित

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आज

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (पूर्व राष्ट्रिय बीमा संस्थान) को साधारणसभा आज बस्दैछ। सभा आज अपराह्न ४ बजे कम्पनीको प्रधान कार्यालय, रामशाहपथमा आयोजना गरिएको हो।

सभामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिसम्बन्धी योजना प्रस्तुत गरी अनुमोदन गरिनेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्न तथा गराउन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने कार्यक्रम छ।

सभा मार्फत कम्पनीका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०६९/०७० देखि २०७३/०७४ सम्मको लेखापरीक्षक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूमाथि छलफल गरिनेछ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्मको लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयको सल्लाहअनुसार सञ्चालक समितिबाट सिफारिस गरिएका बाह्य लेखापरीक्षकको नियुक्ति र उनीहरूको पारिश्रमिक पनि सभाले अनुमोदन गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको