Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई लघुवित्तको सेयर मूल्य समायोजन

अर्थ संसार

विहीबार, ११ बैशाख २०८२, ०८ : ०६ मा प्रकाशित

नेप्सेमा दुई लघुवित्तको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको बोनस सेयरपछि नेप्सेले यी कम्पनीहरूको सेयर मूल्य पुनः निर्धारण गरेको हो।

स्वाभिमान लघुवित्तले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णयसँगै, कम्पनीको समायोजित सेयर मूल्य अब १,७३६.०६ रुपैयाँ कायम भएको छ। यो मूल्य बुधबार कम्पनीको अन्तिम कारोबार मूल्यको आधारमा समायोजन गरिएको हो।

त्यस्तै, स्वरोजगार लघुवित्तले १३.५० प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि समायोजन गरिएको मूल्य ८४६.०३ रुपैयाँ तय गरिएको छ। यसअघि कम्पनीको अन्तिम कारोबार मूल्य ९६०.२४ रुपैयाँ रहेको थियो।

अब यिनै समायोजित मूल्यलाई आधार बनाएर दोस्रो बजारमा यी कम्पनीहरूको सेयर कारोबार सुरु हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको