ट्रेड टावर लिमिटेडको आइपीओमा १० करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसले वैशाख १५ गते बिहान १०ः०६ बजेसम्म ४८ हजार ९२१ जनाले १० लाख ७५ हजार ६८० कित्ताका लागि आवेदन दिएको जनाएको छ । । यो मागभन्दा २.७० गुणा बढी आवेदन हो ।
कम्पनीले वैशाख ८ गते पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि वैशाख २२ गतेसम्म सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस