ट्रेड टावर लिमिटेडले निष्काशन गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । सिडिएससीले असार २२ गते आइतबार साँझ सेयर प्राप्त गर्नेहरूका खातामा सेयर हस्तान्तरण गरिसकेको हो।
यो आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। नेप्सेमा सूचीकरण भइसकेपछि भोलिपल्टदेखि नै तोकिएको सिम्बोलमार्फत सेयर कारोबार सुरु गर्न सकिनेछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले असार १ गते ट्रेड टावरको आईपीओ बाँडफाँट गरेको थियो।
कम्पनीको आईपीओमा सहभागी कुल आवेदकमध्ये गोलाप्रथाबाट ३ लाख २९ हजार ६५० जनाले सेयर प्राप्त गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस