Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेड टावर लिमिटेडको आइपीओ कहिले हुने भयो बाँडफाँट ?

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १३ : ५८ मा प्रकाशित

ट्रेड टावर लिमिटेडको आइपीओ कहिले हुने भयो बाँडफाँट ?

ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आइतबार, असार १ गते बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार सो मितिमा आईपीओ बाँडफाँट गरिने भए पनि ठ्याक्कै समय भने अझै तय गरिएको छैन।

ट्रेड टावरको आईपीओमा अत्यधिक आवेदन परेको हुँदा गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। कुल २१ लाख ६९ हजार ८९१ जना आवेदकले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका छन्। तर, उपलब्ध सेयर संख्या सीमित भएकाले केवल ३ लाख २९ हजार ६५० जना भाग्यमानीले मात्र सेयर पाउनेछन्, भने १८ लाख ४० हजार २४१ जनाले सेयर प्राप्त गर्न नसक्ने निश्चित छ।

कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० मा कुल ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको