चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्य बैंकहरुले सेयर बजारबाट ६ अर्ब ८८ करोड २४ लाख २८ हजार रुपैयाँ आम्दानी गरेका छन् ।
यो गत आवको तुलनामा भने ५५.६३ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकहरुले ४ अर्ब ४२ करोड २२ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेका थिए ।
समिक्षा अवधिमा नेपाल बैंक, सिटिजन र राष्ट्रिय वाणिज्य बैंकको यस्तो आम्दानी सबैभन्दा धेरै क्रमशः ४७७.१२ प्रतिशत, १६९.८६ प्रतिशत र १३०.१० प्रतिशत वृद्धि भएको छ । योसँगै यी बैंकहरुका यस्तो आम्दानी क्रमशः ४० करोड ३० लाख, २० करोड २९ लाख र ९ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।
रकमका आधारमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ६५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको तुलनामा भने ४९.५२ प्रतिशत बढी हो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ६९.२७ प्रतिशत बढाएर ५७ करोड ७ लाख रुपैयाँ पुर्याएको छ । रकमको आधारमा बैंक दोस्रो सूचीमा छ ।यता, स्ट्याण्डर्ड चार्टर्डले ५५ करोड ६८ लाख, नबिलले ५४ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेका छन् । यस्तै, हिमालयन बैंकले पनि ४७ करोड ९ लाख, सानिमाले ४४ करोड ४७ लाख, प्रभूले ४१ करोड ३६ लाख, एभरेष्टले ३८ करोड ९६ लाख, लक्ष्मी सनराइजले ३२ करोड ८८ लाख, एनएमबिले ३१ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेका छन् । कृषि विकास बैंकले २८ करोड ९२ लाख, माछापुच्छ्रेले २५ करोड ७४ लाख, कुमारीले २५ करोड ५६ लाख, नेपाल एसबिआईले २० करोड ५१ लाख, सिद्धार्थले १९ करोड ४६ लाख, प्राइमले १७ करोड १ लाख, एनआइसी एशियाले ११ करोड ७८ लाख रुपैयाँ मात्रै सेयर कारोबारबाट कमाइ गरेका छन् ।
अन्य कुनको कति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस