Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थिक वर्षमा ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १५ : २५ मा प्रकाशित

चालु आर्थिक वर्षमा ८९.४ प्रतिशत मात्र  बजेट खर्च हुने अनुमान

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्चको संशोधित अनुमान सार्वजनिक गरेका छन्।

उनका अनुसार सरकारले चालु आवमा विनियोजन गरेको १८ खर्ब ६० अर्बमध्ये करिब १६ खर्ब ६२ अर्ब रुपैयाँ अर्थात् कुल बजेटको ८९.४ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको छ। चालु खर्चतर्फ ८८.५ प्रतिशत बजेट खर्च हुने देखिएको छ भने पूँजीगत खर्चको कार्यान्वयन दर अझै कमजोर रही ८३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

वित्तीय व्यवस्थातर्फ भने ९७.६ प्रतिशत खर्च हुने अर्थमन्त्री पौडेलले जानकारी दिए। उनले चालु आवमा राजस्व संकलन १७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण समेत प्रस्तुत गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको