राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजबाट आफ्ना सेयरधनीहरूलाई लक्षित गरी १:१ अनुपातमा हकप्रद सेयर निष्कासन सुरु गरेको छ। कम्पनीले हालको चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको आधारमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर जारी गर्दैछ।
यस हकप्रद सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, जसअनुसार कुल निष्कासन मूल्य ६१ करोड २७ लाख रुपैयाँभन्दा बढी रहेको छ।
कम्पनीको हकप्रद सेयरमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाबाट वा सीडीएससीको मेरो सेयर प्रणालीमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।
यसअघि कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति जेठ ६ गते तोकेको थियो। त्यसअनुसार जेठ ५ गतेसम्म कायम सेयरधनीहरू हकप्रद सेयरका लागि योग्य हुनेछन्।
हकप्रद सेयर बिक्री सम्पन्न भएपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। हकप्रद सेयर निष्कासनको व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेड ले गरिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस