Like us!
Follow us!
Connect us!
Watch us!

विकासको गति तीव्र पार्न निजी र विदेशी लगानी अपरिहार्य:- प्रधानमन्त्री ओली

अर्थ संसार

मंगलबार, १० असार २०८२, १७ : ०५ मा प्रकाशित

विकासको गति तीव्र पार्न निजी र विदेशी लगानी अपरिहार्य:- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको दिगो विकास र तीव्र आर्थिक वृद्धिका लागि निजी क्षेत्र तथा विदेशी लगानी अत्यावश्यक भएको बताएका छन्।

प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिंदै उनले राष्ट्रिय योजना आयोगलाई मुलुकको समग्र विकास योजनाको केन्द्रबिन्दु भएको बताए। उनले भने, 'राष्ट्रिय योजना आयोगले दीर्घकालीन सोच, योजना र अनुसन्धानमा काम गर्दै आएको छ र देशको विकास योजनामा मार्गनिर्देशन दिँदै आएको छ।'

प्रधानमन्त्री ओलीले सरकारी बजेट मात्रबाट अपेक्षित विकास सम्भव नभएकाले निजी क्षेत्र र वैदेशिक लगानीमार्फत थप स्रोत परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, 'देशको राजस्व व्यवस्थापनमा दबाब परेको छ, सार्वजनिक ऋणसमेत बढ्दै गएको छ। यस्तो अवस्थामा सार्वजनिक–निजी साझेदारीको माध्यमबाट राजस्व परिचालनमा सहयोग पुग्नेछ भने पूर्वाधार विकासका लागि स्वदेशी तथा विदेशी लगानी महत्वपूर्ण हुने छ।'

त्यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले लगानी बोर्डको आवश्यकता पनि औंल्याउँदै नेपालले आन्तरिक तथा बाह्य स्रोत परिचालन गरेर विकासको गति तीव्र पार्नुपर्नेमा जोड दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको