Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ गतेसम्म थप

अर्थ संसार

विहीबार, १२ असार २०८२, १० : १९ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ गतेसम्म थप

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ । यसअघि आज निष्कासन बन्द गर्ने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेर असार २७ गतेसम्म कायम गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद १ बराबर १ को अनुपातमा निष्कासन गरेको थियो । हकप्रद निष्कासनका लागि जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

हाल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको हकप्रद बाँडफाँडपछि ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको