Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार स्पेन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

अर्थ संसार

विहीबार, १२ असार २०८२, ११ : ०१ मा प्रकाशित

शनिबार स्पेन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली यही शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले असार १६ गतेदेखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

यस भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग भेटवार्ता गर्ने र आपसी सहयोग तथा द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा सहमति कायम गर्ने कार्ययोजना रहेको जनाइएको छ।

भ्रमणसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको नेपाली राजदूत शनिल नेपालले जानकारी दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको