नेपाल धितोपत्र बोर्ड (सेवोन) ले हाइड्रोपार कम्पनीहरुलाई उत्पादन सुरु गरेपछि मात्रै आईपीओ जारी गर्नका लागि अनुमति दिने भएको छ । बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्युत उत्पादन गरेपछि मात्रै आईपीओ जारी गर्न पाउने व्यवस्था गरिने उल्लेख गरिएको छ ।
अहिले हाइड्रोपावर कम्पनीहरुले निर्माणको चरणमा नै आईपीओ जारी गरेर आयोजनाका लागि रकम जुटाउने गरेका थिए ।
अब यो व्यवस्थालाई बोर्डले कडाइका साथ कार्यान्वयन गरेको खण्डमा जलविद्युत कम्पनीहरुले आयोजना निर्माण सकेर उत्पादन भए पछि मात्रै आईपीओ जारी गर्न पाउने छन् । त्यस्तै बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा धितोपत्र बोर्डको पुनर्संरचना गरी बोर्डमा राजस्व सचिव र डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाउने, विज्ञ सदस्य थप्ने निजी क्षेत्र र अन्य मन्त्रालय वा निकायको प्रतिनिधित्व हटाउने विषयहरु समावेश गरिएको छ । धितोपत्र कारोबारको लागि धितोपत्र व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने, सरकारी संस्थानहरुमा सरकाले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गर्ने, निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचना गर्ने रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस