रिज लाइन इनर्जी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार, सभा आउँदो भदौ ४ गते ललितपुरस्थित होटल हिमालयनमा दिउँसो ३ बजे सुरु हुनेछ।
सभामा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, आइपीओबाट संकलन हुने रकमको उपयोग सम्बन्धी प्रस्ताव पनि सभाबाट स्वीकृत गरिनेछ। यस्तै, सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरिएको ७ करोड ७८ लाख ३५ हजार ७८९.४७ रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ।
साथै, गएको आर्थिक वर्षको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावहरू पनि सभाले अनुमोदन गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस