प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावादी युवा उद्यमीहरू नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सहायक हुने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा उनले भविष्यप्रति निराश हुनुको सट्टा विश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले भने‘हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुग्नेछौँ। हाम्रो देश अरुले आएर बनाइदिँदैन। हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ।’ ‘हामी सबै लागेमा वि क्यान डु… नेपाल बन्छ।’
कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले नेपाली स्टार्टअप उद्यमीहरूका विविध उत्पादन तथा सेवाको अवलोकनसमेत गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस