Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्छ - केपी शर्मा ओली

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, १५ : २० मा प्रकाशित

नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्छ - केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल निर्माणको मार्गमा क्रियाशील रहेको बताएका छन्। बागमती प्रदेशको पूर्ण खोप घोषणा तथा 'बागमती डिजिटल हेल्थ' कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक, समृद्ध र सुशासित राष्ट्र बनाउने उद्देश्यले अघि बढिरहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपाल चाँडै नै अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिने जानकारी पनि दिए।

 ‘हामी अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा अर्को वर्ष स्तर उन्नत हुँदैछ । आउँदो होइन अर्को मंसिरमा अल्पविकसितबाट विकास गरिरहेको, विकासशील राष्ट्रमा परिणत हुनेछ । ८३ मंसिरमा विकासशील राष्ट्र बन्छ ।’

उनले सरकारको प्राथमिकता जनताको आधारभूत सेवा सुनिश्चित गर्दै देशलाई दीगो विकासको बाटोमा अघि बढाउनु रहेको बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको