प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले आज गरिएको यो भेटवार्ताको जानकारी दिएको छ।
यो भेटवार्ता भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको क्रममा अवाजा सहरमा सम्पन्न भएको हो।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै १८ साउन मध्यराति उक्त स्थल पुगेका थिए र सम्मेलनका विविध कार्यक्रमहरूमा सहभागी भइरहेका छन्। सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरू साथै संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ अधिकारीहरूसँग समेत भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री ओली यसै साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने कार्यक्रम रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस