बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस