प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भूमि विधेयकमार्फत आफ्ना निकट व्यक्तिहरूलाई लाभ दिलाउन सरकारले विभिन्न चालबाजी गरिरहेको आरोप लगाएको छ।
मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारमाथि गम्भीर आरोप लगाएका हुन्। उनले भने, ‘भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेका छन् ।’ सापकोटाका अनुसार, बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका गतिविधिबारे संक्षिप्त जानकारी दिएका थिए। त्यही क्रममा पार्टीले सरकार अधिनायकवाद र तानाशाही प्रवृत्तितर्फ उन्मुख भइरहेको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले बताए।
उनले भने,अहिलेको परिस्थितिबारे अध्यक्षजीले संक्षिप्त अपेडेट गराउनु भयो । सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर जाँदैछ । राज्यका सबै संरचनामाथि तिब्र हस्तक्षेपको प्रक्रिया अघि बढिरहेको छ । यो सरकारको नालायकी, कुशासनले गर्दा जनता असाध्यै रुष्ट, आक्रोशित छन्।’
प्रवक्ता सापकोटाका अनुसार, आगामी बैठक बुधबार दिउँसो १ बजे पुनः बस्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस