Like us!
Follow us!
Connect us!
Watch us!

सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अर्थ मन्त्रालयद्वारा परिपत्र

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, १२ : २१ मा प्रकाशित

सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अर्थ मन्त्रालयद्वारा परिपत्र

अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रालय र मातहतका सबै कर्मचारीहरुलाई आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले राष्ट्रिय सतर्ककता केन्द्रको परिपत्र अनुसार भ्रष्टाचार निवारण सम्बन्धी ऐन बमोजिमको हरेक सरकारी कर्मचारीहरुले भदौं महिनाभित्रमा सम्पत्ति विवरण केन्द्रमा पेश गर्नुपर्ने व्यवस्था अनुसार यस वर्ष अनलाईनबाट समेत विवरण अध्यावधिक गर्न र हार्ड कपी समेत सतर्कता केन्द्रमा बुझाउन भनिएको हो ।

केन्द्रकै परिपत्र अनुसार मन्त्रालय मातहतका सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनिएको हो । नेपाल सरकार मातहतका सबै मन्त्रालय, विभाग, निकायहरुमा कार्यरत सबै निजामति कर्मचारीहरुले हरेक वर्षको भदौ महिनाभित्रैमा सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउनु पर्ने नियम रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको