Like us!
Follow us!
Connect us!
Watch us!

एमाले-कांग्रेसको दुई दलीय व्यवस्थाको मिसन जनताले पूरा गर्न दिँदैनन् - शक्ति बस्नेत

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, १४ : ३५ मा प्रकाशित

एमाले-कांग्रेसको दुई दलीय व्यवस्थाको मिसन जनताले पूरा गर्न दिँदैनन्  - शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले कांग्रेस र एमाले देशमा दुई दलीय व्यवस्था स्थापित गर्ने प्रयासमा लागेको आरोप लगाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बस्नेतले दुई दलीय व्यवस्थाको अवधारणा नेपालका लागि न त सैद्धान्तिक रूपमै उपयुक्त भएको न त व्यवहारिक दृष्टिले नै उपयुक्त हुने बताए।

उनले भने, ‘कांग्रेस र एमाले दुई दलीय व्यवस्थाको मिसनमा हिँडेको देखिन्छ। नेपालमा दुई दलीय व्यवस्थाको अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा पनि उपयुक्त छैन। यो दुई दलीय व्यवस्थाको मिसन अन्ततः एक दलीयमा पुग्ने होला र प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नुहुनेछ ? त्यो उहाँहरूले नै सोचिराख्नुभएको होला।’

उनले कांग्रेस एमालेको दुई दलीय व्यवस्थाको अवधारणा जनताले पूरा गर्न नदिने बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको