Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरले करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बेच्ने

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १० : १८ मा प्रकाशित

पिपुल्स पावरले करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बेच्ने

पिपुल्स पावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १:०.५० अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेका ३ लाख ९१ हजार ७७९ कित्ता सेयर अब लिलामीमार्फत सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो।

कहिलेबाट खुल्छ आवेदन ?

लिलामी आवेदन यही भदौ १५ गतेदेखि खुल्नेछ। इच्छुक व्यक्ति, कम्पनी वा संघ–संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।

कति कित्तादेखि कति सम्म खरिद गर्न सकिन्छ ?

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद प्रस्ताव पेश गर्न सक्नेछन्।

कहाँ–कहाँबाट आवेदन दिन सकिन्छ ?

बोलपत्र आवेदन प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा दिन सकिनेछ। साथै, प्रभु बैंकका विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

अन्तिम मिति कहिले हो ?

लिलामीमा सहभागिता जनाउन इच्छुक लगानीकर्ताले आगामी भदौ २२ गतेसम्म आवेदन पेस गर्नुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको