Like us!
Follow us!
Connect us!
Watch us!

पार्टीभित्र द्वन्द्व सिर्जना गर्न षड्यन्त्र भइरहेको छ - प्रचण्ड

अर्थ संसार

बुधबार, ११ भदौ २०८२, १० : ४७ मा प्रकाशित

पार्टीभित्र द्वन्द्व सिर्जना गर्न षड्यन्त्र भइरहेको छ - प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कर्णाली प्रदेश कमिटीका नेता तथा कार्यकर्ताहरूलाई गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्। माओवादीप्रति जनताको विश्वास पुनः बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै, यस्तो बेलामा पार्टीभित्र द्वन्द्व सिर्जना गर्न खोज्ने षडयन्त्रहरू भइरहेको प्रचण्डले बताएका छन्।

कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको छ । त्यसैले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेका छन् । गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको छ । तपाईंहरुले आफ्नो क्षेत्रमा पनि त्यसैअनुसार गर्नुहोला ।’

पछिल्ला विभिन्न निर्वाचनहरूमा नेपाली कांग्रेस र एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरू विजयी भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई माओवादीप्रति जनविश्वास पुनः कायम हुँदै गएको संकेतका रूपमा व्याख्या गरे। स्थानीय तह, स्ववियु, पत्रकार महासंघ र हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र समर्थित उम्मेदवारहरूको जित जनसमर्थनको स्पष्ट प्रमाण भएको उनले बताए। शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको स्पष्ट अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको भन्दै, विशेषगरी शिक्षक समुदायमा पार्टीप्रति समर्थन थप बढेको उनको दाबी थियो।

‘कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्,’ उनले भने ।

प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिए । ‘अब घर–घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनु पर्छ,’ उनले भने । अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेता–कार्यकर्ताहरुलाई पनि पार्टी एकता र संगठन विस्तारमा अग्रसर हुन निर्देशन दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको