Like us!
Follow us!
Connect us!
Watch us!

नख्खु जेलबाटै रवि लामिछानेको ऐक्यबद्धता : ‘इतिहास बदल्ने शक्ति तपाईँकै हातमा छ’

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, ०८ : ३३ मा प्रकाशित

नख्खु जेलबाटै रवि लामिछानेको ऐक्यबद्धता : ‘इतिहास बदल्ने शक्ति तपाईँकै हातमा छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार हुने भनिएको जेनजी समूहको प्रदर्शनलाई समर्थन जनाएका छन्। सहकारी प्रकरणमा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेले कारागारमै बसेर सन्देश पठाउँदै युवापुस्तासँग ऐक्यबद्धता व्यक्त गरेका हुन्।

सन्देशमार्फत उनले लेखेका छन्, “भोलिदेखि तपाईंहरू सडकमा उत्रिँदै हुनुहुन्छ। सम्भवतः तपाईँहरुमध्ये धेरैका लागि यो पहिलो सडक आन्दोलन हुनेछ। शासकहरूले तपाईंलाई विधि र विवेकमा आधारित शासन मात्र दिएनन्, सामाजिक सञ्जालमा आफ्ना खुसी–दुःख बाँड्ने अधिकारसमेत खोसेका छन्। सत्ताको घमण्डले अन्धा भएका शासकहरूलाई थाहा छैन, तपाईंहरूको विवेक र आवेगले यो देशको इतिहास नै मोड्ने क्षमता राख्छ। भोलिको दिन नयाँ इतिहास लेख्ने दिन हो। घुसपैठ हुन सक्छ, सचेत रहनुहोस्। उत्तेजित बनाउन खोज्न सक्छन्, विवेकपूर्वक अघि बढ्नुहोस्। तपाईंहरूको हातले नै व्यक्तिगत र राष्ट्रिय इतिहास लेखिनेछ।”

लामिछानेले नख्खु जेलको कालकोठरीबाटै शुभेच्छा, सद्भाव र ऐक्यबद्धता प्रकट गर्दै जेनजी आन्दोलनलाई सफल बनाउन आग्रह गरेका छन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको