Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीसँग पाँच लगानीकर्ता संघका प्रतिनिधिहरूको भेट, पुँजी बजार सुधारमा समन्वय र कार्यान्वयनको प्रतिबद्धता

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, २१ : १३ मा प्रकाशित

अर्थमन्त्रीसँग पाँच लगानीकर्ता संघका प्रतिनिधिहरूको भेट, पुँजी बजार सुधारमा समन्वय र कार्यान्वयनको प्रतिबद्धता

नेपालको पुँजी बजारमा देखिएका समस्या र सुधारका बुँदाहरूको शीघ्र कार्यान्वयनको विषयमा ध्यानाकर्षण गराउन आज नेपालका पाँचवटै पुँजी बजार–सम्बन्धित संघ–संस्थाहरूका प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटघाट गरेका छन् । 

भेटका क्रममा प्रतिनिधिहरूले मन्त्री खनालाई “पूँजी बजार सुधार सुझाव कार्यदल“ ले दिएको प्रतिवेदनका सुझावहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र सरोकारवाला निकायहरूबीच समन्वयको अभाव देखिएको भन्दै लिखित ज्ञापनपत्र बुझाएका थिए । लगानीकर्ताहरूमा छाएको भ्रम र अन्योललाई तत्काल सम्बोधन गर्न उनीहरूले जोड दिएका थिए ।

’'Double ISIN प्रणाली’ को कार्यान्वयनमा ढिलासुस्तीः CDSC, सेबोन र मन्त्रालयका प्रतिनिधिहरूको संयुक्त बैठकबाट समेत आवश्यक ठानी सिफारिस भएको ’Double ISIN प्रणाली’ लाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कार्यान्वयनमा लैजान अनावश्यक ढिलासुस्ती गरिरहेकोमा तत्काल निर्णय लिई कार्यान्वयन गर्न माग ।

  अन्य तत्काल सम्बोधन गर्नुपर्ने विषयहरूः

नेप्से र धितोपत्र बोर्डमा जारी विवाद तथा हडतालहरूले बजार सञ्चालनमा पारेको नकारात्मक असरको समाधान ।

संस्थापक सेयरहरूलाई लक–इन अवधि सकिएलगत्तै सामूहिक रूपमा (एकैपटक) बिक्री गर्ने प्रवृत्तिलाई रोक्न चरणबद्ध बिक्री नीति बनाई व्यवस्थापन गर्ने आवश्यकता।

TMS र CDSC प्रणालीमा देखिएका प्राविधिक त्रु टहरूलाई तत्काल उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने।

 मन्त्री खनालको प्रतिबद्धता र थप गृहकार्यको आह्वानः

लगानीकर्ता संघ÷संगठनका प्रतिनिधिहरूले राखेका गम्भीर विषयवस्तुहरूलाई अर्थमन्त्री खनालले गम्भीरतापूर्वक लिएको बताएका छन् । छलफलको क्रममा मन्त्री खनालले माथि उल्लेखित विषयहरूमा देखिएका समस्याहरूको समाधानका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग तत्काल समन्वय गर्ने र आवश्यक निर्देशन दिने विश्वास व्यक्त गरेका छन् । 
 
 अन्य विविध नियामकीय कुराहरू र लगानीकर्ताका गुनासाहरूलाई सम्बोधन गर्न कानुनी र संरचनागत प्रश्नहरूमा सबै सरोकारवालाले गृहकार्य सुरु गर्नुपर्ने कुरामा जोड दिए । 
 
 विशेषगरी, लगानीकर्ताका संघ–संगठन र लगानीकर्ता स्वयंले पनि विषयवस्तुहरूको गहिराइमा पुगेर रचनात्मक सुझावहरू राख्नु आवश्यक भएको जानकारी गराइएको थियो । त्यस्तै ‘सबल पुँजीबजार हामी सबैको साझा प्रयासबाट मात्र सम्भव छ’ भन्ने कुरा बुझ्न आवश्यक रहेको भन्दै यसका लागि सबै पक्षको सहयोगको अपेक्षा गर्नुभएको छ।

पाँचै संघ–संस्थाका प्रतिनिधिहरूले अर्थमन्त्रीबाट प्राप्त सकारात्मक आश्वासन र तत्काल पहल गर्ने प्रतिबद्धताप्रति सन्तोष व्यक्त गर्दै छलफल सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ ।

निवेदक संघ संस्थाहरूः
१. नेपाल शेयर धनी संघ
२. जनरल इन्भेस्टर एसोसिएसन
३. साधारण लगानीकर्ता संघ
४. नेपाल धितोपत्र लगानीकर्ता संघ
५. नेपाल शेयर बजार लगानीकर्ता संघ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको