नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स विरुद्ध १६७ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको चिवनले पावर प्लेलमा ४१ रन बनाउँदा २ विकेट गुमाएको छ ।
चितवनका डेविड मलान र देव खनाल सस्तैमा आउट भए । मलान ६ रनमा आउट भए भने खनाल पनि १ रनमा पेभेलियन फर्किए । कर्णालीका लागि युशि सिंह ठकुरीले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पान्चालले सर्वाधिक ९० रनको योगदान दिए । त्यस्तै पवन सराफले २७ रन बनाए । त्यस्तै माक्स ओडाउडले पनि टोलिका लागि २० रनको योगदान दिए । चितवनका लागि रवि बोपार, सैफ अली जैब र सोहेल तनभिरले एक–एक विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस