Like us!
Follow us!
Connect us!
Watch us!

'नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्'

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, १० : ३६ मा प्रकाशित

'नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भनेका छन् । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका विषयलाई लिएर ओलीले यस्तो कामना गरेका हुन् । मध्यपूर्वमा भएका लाखौँ नेपाली आपत र कोलाहलमा भएकाले उनीहरुका परिवार पलपल छट्पटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ ।

अवसर छनौटकाल लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरी आउनु जानु स्वभाविक भएको अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले लेखेका छन्, ‘मध्यपूर्वी देशहरु माथीको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन । ती देशमा लाखौँ नेपाली आपत र कोलाहलमा छन् । तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ । अस्वाभाविक र खतरनाक त कुरा युद्ध र भूराजनीतिक चपेटा हो। ती देशहरु पनि पक्कै युद्ध चाहदैँन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’

अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गरेका छन् । ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको