Like us!
Follow us!
Connect us!
Watch us!

‘रविजी... यो रास्वपाकै निर्णय हो ?’ सुकुमबासी बस्ती सम्बन्धी निर्णयमा हर्क साम्पाङको असन्तुष्टि व्यक्त

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, ०७ : ३४ मा प्रकाशित

‘रविजी... यो रास्वपाकै निर्णय हो ?’ सुकुमबासी बस्ती सम्बन्धी निर्णयमा हर्क साम्पाङको असन्तुष्टि व्यक्त

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङ ले सुकुमबासी बस्ती हटाउने सरकारी तयारीप्रति आपत्ति जनाएका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकारको कदमप्रति प्रश्न उठाएका हुन्। उनले विशेष गरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ संकेत गर्दै सुकुमबासी बस्ती भत्काउने निर्णय पार्टीकै हो कि होइन भन्ने प्रश्न गरेका छन्।

उनले लेखेका छन्, “रबी जी... तपाइँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ?” भन्दै व्यंग्य गरेका छन्।

साम्पाङले यसअघिको अर्को अभिव्यक्तिमा सरकारको भूमिकामाथि पनि कडा टिप्पणी गरेका छन्। उनका अनुसार सरकार धनी वर्गको पक्षमा होइन, गरिब र निमुखा नागरिकको हितका लागि हुनुपर्ने हो।

उनले गरिबको पीडा र वास्तविकता नबुझ्ने नीतिले सामाजिक अन्याय बढाउने उल्लेख गर्दै सुकुमबासीको समस्यालाई संवेदनशील रूपमा समाधान गर्नुपर्ने धारणा राखेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको