नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घटेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा घटेको देखाएको हो । बैंकको ९ महिनाको नाफा ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
नाफा घट्नुको कारण खुद ब्याज आम्दानीमा आएको गिरावट हो। बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष सोही अवधिमा खुद ब्याज आम्दानी १० अर्ब ३१ करोड रुपैयाँ थियो। त्यस्तै, सञ्चालन नाफा पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्ष ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ४ अर्ब ७७ करोड ९६ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको खराब कर्जा (NPL) भने बढेर ८.४१ प्रतिशत पुगेको छ, जुन गत वर्ष ६.०६ प्रतिशत थियो। बैंकसँग वितरणयोग्य नाफा ३ अर्ब १० करोड ३० लाख रुपैयाँ रहेको छ। चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोषमा ३७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिसेयर आम्दानी १२.२९ रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस