Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने

अर्थ संसार

मंगलबार, ०५ जेठ २०८३, १७ : ३१ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने

सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली पारित गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३ पनि स्वीकृत गरेको छ। साथै, नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न अनुमति दिने निर्णय समेत भएको छ।

यस्तै, नेपाल सरकार कार्यसञ्चालन नियमावली २०८३ अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ।

मन्त्रिपरिषद्ले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। साथै, काठमाडौंबाट विस्थापित सुकुमबासीलाई पुनर्स्थापना खर्च उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको