पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध जारी गरिएको पक्राउ अनुमतिका विषयमा सर्वोच्च अदालतले आगामी सोमबार छलफल गर्ने भएको छ।
देउवा लगायतले आफूहरूमाथि पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले मुद्दालाई प्राथमिकताका साथ सोमबारका लागि पेशी तोक्न आदेश दिएको हो। सो दिन पक्राउ अनुमति दिने प्रक्रिया कानुनअनुसार थियो वा थिएन भन्ने विषयमा दुवै पक्षबीच बहस हुनेछ। इजलासले देउवा परिवारले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको, देउवाको स्वास्थ्य अवस्था तथा पक्राउ अनुमति जारी गर्ने अदालतको अधिकार क्षेत्रसम्बन्धी विषय पनि छलफलबाट टुंगो लगाइने उल्लेख गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस