Like us!
Follow us!
Connect us!
Watch us!

Exclusive News: प्रधानमन्त्री ओली र गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी दर्ता (भिडियोसहित )

अर्थ संसार

आइतबार, ११ फागुन २०७६, १७ : ०८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी परेकाे छ । प्रधानमन्त्री ओली, निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सीईओ विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हाे ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ प्रकरणमा नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुरका आनन्दराम पौडेलले आइतबार उनीहरूविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

यसैगरी, अख्तियारमा उजुरी परेसँगै छानबिन प्रक्रिया अघि बढाइएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिएका छन् ।

मन्त्री बास्कोटाको ७० करोड कमिसनको यस्तो सेटिङ

त्यस्तै, उक्त उजुरीमा यस प्रकारकाे उल्लेख गरिएकाे छ, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धि अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायीत्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएबाट निज प्रधानमन्त्री पनि सो भ्रष्टाचारको उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टी हुन्छ।’

त्यसैगरी, सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि निर्वतमान सञ्चारमन्त्री बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए ।  हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको