Like us!
Follow us!
Connect us!
Watch us!

बुक बिल्डिङ बिधिबाट आइपिओ निष्काशन गर्न ५७ वटा कम्पनीले दिए धितोपत्र बोर्डलाई निवेदन

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १२ : ०५ मा प्रकाशित

बुक बिल्डिङ बिधिबाट आइपिओ निष्काशन गर्न ५७ वटा कम्पनीले दिए धितोपत्र बोर्डलाई निवेदन

अर्थ संसार, काठमाडौं–  शेयर बजारमा बुक विल्डिङ विधिबाट आइपिओ निष्काशनमा सहभागि हुन ५७ वटा संस्थागत लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।   बोर्डले गत भदौ ३ गते सूचना प्रकाशित गरी बुक विल्डिङ  निर्देशिका २०७७ अनुसार योग्यता पुगेका संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र आवेदन पेश गर्न भनेको थियो । सूचनासँगै ५७ वटा कम्पनीले आवेदन दिएको बोर्डले जनाएको छ । 

अब 100 रुपैयाँमा IPO किन्ने दिन गए | बुक बिल्डिङ्ग भनेको के हो ? सम्पूर्ण जानकारी | Lilanath Ghimire

आवेदन परेका मध्ये बोर्डको मापदण्डअनुसार कागजात पुगेका कम्पनीलाई छिटोभन्दा छिटो स्वीकृत दिने तयारी भैरहेको  बोर्डले जनाएको छ ।  बोर्डले आवेदन प्राप्त भएका कम्पनीहरुको आवेदन जाँचबुझ गरी अपुग कागजातका साथ निवेदन दिएका कम्पनीहरुलाई थप कागजपत्र माग्ने कार्य गरिरहेको छ । हालसम्म सूचिकृत मर्चेण्ट बैंकर, सामूहिक लगानी कोषका योजनाहरु, सूचिकृत कम्पनीहरुले आवेदन दिएका छन् । बोर्डले स्वीकृती दिएपछि योग्य संस्थागत लगानीकर्ताले बुक विल्डिङ प्रणालीबाट निर्धारित मूल्यमा आइपिओ निकाल्न पाउनेछन् । 

बुक बिल्डिङ बिधिमा कस्ता कम्पनी सहभागि हुन पाउँछन् ?

बुध बिल्डिङ प्रणालीमा सभागि हुन धितोपत्र बोर्डबाट स्वीकृति पाएका संस्थागत लगानीकर्ता, सूचिकृत संस्था सामूहिक लगानी कोष, मर्चेण्ट बैंकर र माइताप्राप्त अवकाश कोषमात्र योग्य हुनेछन् ।

आइपिओ निष्काशन गर्नको लागि साधारणसभाबाट स्वीकृती पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पुँजीको कम्पनीतमा ५० प्रतिशत रहेको हुनुपर्दछ । रेटिङ पनि औसत वा औसत भन्दा माथि हुनुपर्दे व्यवस्था छ । बुक बिल्डिङ विधिबाट आइपिओको बिक्री मूल्य निर्धारण गरी संस्थागत सर्वसाधारण लगानीकर्ता लागि ६० प्रतिशत विक्री गर्नुपर्ने बोर्डको व्यवस्था रहेको बछ । बोर्डले प्रकाशित गरेको निर्देशिका अनुसार बुक बिल्डिङ  प्रणालीबाट आइपिओ निष्काशन गर्न कम्पनी लगातार ३ वर्षदेखि मुनाफमा सञ्चालन हुनुपर्दछ । 

Book Building System मा लगानीकर्ताको यस्तो भनाई | Radha Pokharel & Nayan Bastola

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको