Like us!
Follow us!
Connect us!
Watch us!

सहुलियतपूर्ण कर्जा कार्यान्वयन गर्न निर्देशन जारी, कुन क्षेत्रमा अधिकतम कर्जा कति ?

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, १४ : ४१ मा प्रकाशित

सहुलियतपूर्ण कर्जा कार्यान्वयन गर्न निर्देशन जारी, कुन क्षेत्रमा अधिकतम कर्जा कति ?

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले मन्त्रिपरिषद्को असोज ८ गतेको निर्णयबाट स्वीकृत भएको सहुलियतपूर्ण कर्जा कार्यविधिलाई मंगलबारदेखि लागु गरेको छ । 

बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५  मा संशोधन (तेश्रो संशोधन,२०७७) भएकोले यसैसाथ कार्यान्यन गर्न गराउन निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ३ वटा नयाँ शीर्षक थप गर्दै संशोधन भएको सहुलियतपूर्ण कर्जा कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।

सो कार्यविधिले कृषि तथा पशुपंक्षीजन्य क्षेत्रको प्रवर्धन गरी उत्पादन क्षेत्र अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीको अवसर सिर्जना गर्न विदेशबाट फर्केका युवाहरुको आर्जन सिप र व्यावसायिक दक्षताको विकाश गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवम प्रवर्धन गर्नु, आर्थिक यूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक शिक्षा अध्यनको लागि ऋण अनुदान उपलब्ध गराउन लगायत विभिन्न विषयाम सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँछ ।

२ वर्षअघि मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जा कार्यविधि ल्याएको थियो । त्यसमा यी तीनवटा विषय थप गरिएको छ ।

सहुलियतपूर्ण कर्जामा प्रति ऋणी अधिकतम कर्जा तोकिएको छ । जस अन्तर्गत व्यवसायिक कृषि कर्जा ५ करोड रुपैयाँ, शिक्षित युवा स्वरोजगार कर्जामा अधिकतम सात लाख रुपैयाँ, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जामा १० लाख रुपैयाँसम्म, महिला उद्यमशीलता कर्जामा १५ लाख रुपैयाँसम्म, दलित समुदाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामा ५ लाख रुपैयाँसम्म  र भुकम्पपीडितको निजी आवास निर्माण कर्जामा ३ लाख रुपैयाँसम्म सहुलितपूर्ण ऋण दिने व्यवस्था गरिएको छ। 

त्यसैगरी कपडा उद्योग संचालन गर्न चाहनेहरुका लागि अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबात मान्यता प्राप्त संस्थाबाट लीने तालिम आदिका लागि रु २ लाखसम्म कर्जा उपलब्ध हुनेछ ।

सहुलियतपूर्ण कर्जा कार्यविधिसम्बन्धि थप व्यवस्था तलको pdf फाइलमा हेर्नुहोस् :-
 

सहुलियत-पूर्ण-कर्जा-कार्यविधि-२०७५-तेस्रो-संशोधन-सहित.pdf

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको