राेजगार मानिसहरू प्रायः गुनासो गर्छन् कि उनीहरूले कम कमाई गरिरहेका छन्। यस्तो अवस्थामा व्यक्तिहरू थप कमाउन चाहन्छन्, तर प्राय जसो कार्यालय वा कम्पनीसँग उनीहरूले अन्यत्र कुनै काम गर्न नपाउने सहमति गरेका हुन्छन् । न त कुनै पार्टटाइम काम गर्न पाउँछन्। यस्तो अवस्थामा तपाईले कम्पनीको कुनै नियम उल्लंघन नगरी अतिरिक्त पैसा कमाउन सक्नुहुनेछ। यद्यपि यसको लागि तपाईंले केही समय र केही पैसा खर्च गर्नु पर्नेछ। आउनुहोस् केहि यस्ता तरिकाहरू बारे जान्नुहोस्, जहाँबाट तपाईं लगातार कमाउन सक्नुहुन्छ।
१- शेयर बजारमा लगानी गर्नुहोस्
यदि तपाईं शेयर बजारमा समयमै लगानी गर्न थाल्नुभयो भने त्यसपछि लामो अवधिमा तपाईं राम्राे लाभ उठाउनुहुनेछ। यद्यपि यो कुरा ध्यान राख्नु पनि आवश्यक छ कि शेयर बजारमा पैसा लगानी गर्नु भनेको मुद्दतिमा लगानी गर्नुजस्तो हुँदैन। यस्तो अवस्थामा शेयर बजारमा पैसा लगानी गर्नुअघि बजारको बारेमा राम्रोसँग जान्नुहोस् र कुन कम्पनीमा पैसा लगानी गर्ने भनेर निर्णय गर्नुहोस्। एक मजबूत अबस्थामा रहेकाे कम्पनीमा गरिएकाे लगानी दीर्घ कालमा निकै फाइदाजनक हुन्छ । यदि तपाईंले सहि सेयर छनौट गर्नुभयो भने तपाईंले सेयर बजारबाट ठूलो नाफा कमाउन शुरू गर्नुहुनेछ।
२- म्युचुअल फन्ड पनि राम्रो विकल्प
धेरै व्यक्तिहरू शेयर बजारमा लगानी गर्न चाहन्छन, तर यसको असीमित जोखिमदेखि डराउँछन्। म्युचुअल फन्ड त्यस्ता व्यक्तिहरूको लागि राम्रो विकल्प हो। यद्यपि तपाईले राम्रो म्युचुअल फन्ड छनौट गर्न केहि समय पनि खर्च गर्नु पर्नेछ। हामीलाई थाहा हुनु पर्छ कि सेयर बजारमा म्युचुअल फन्डमार्फत पनि पैसा लगानी गरिन्छ । तपाइँ म्युचुअल फण्डमा लगानी गर्नु हुन्छ भने जोखिम धेरै कम हुन्छ। तपाइँले चाँडो र अधिक लाभ पाउनु हुनेछ। म्युचुअल फण्डका ब्यवस्थापकले कम्पनीहरूकाे विष्लेषण गरेर तपाइँकाे पैसा लगानी गर्छ्न् । त्यसबाट कमाएकाे नाफा तपाइँलाइ बाेनसका रूपमा वितरण गर्छन् ।
३- राम्राे ब्याज दिने योजनाहरू
यस्ता योजनाहरू सबै बैंकले ल्याएका हुन्छन् । सबभन्दा राम्रो उदाहरण मुद्दति निक्षेप हो। कुन बैंकले राम्रो रिटर्न पाइरहेको छ जाँच गर्नुहोस् र त्यसमा पैसा लगानी गर्न सुरू गर्नुहोस्। यो कुरा मनमा राख्नुहोस् कि तपाईले जति चाँडो लगानी गर्नु भयो, त्यति नै धेरै रिटर्न आउनेछ, किनकि कम्पाउन्डिंगको हिसावले तपाईले कमाएको पैसामा ब्याज कमाउने अवसर पाउनुहुनेछ। अर्कोतर्फ यदि तपाईं आफ्नो सेवानिवृत्ति (रिटायरमेन्ट) लाई ध्यानमा राख्दै लगानी गर्दै हुनुहुन् भने तपाईं निबृत्त बचत याेजनामा पनि लगानी गर्न सक्नुहुनेछ, जहाँ तपाईं उत्तम प्रतिफल पाउनुहुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस