Like us!
Follow us!
Connect us!
Watch us!

यति सस्ताेमा सेयर किन्न पाउँदा महंगाे सेयरमा किन मरिहत्ते ? हेर्नुस सस्ताेमा पाइने सेयरहरू (सूचीसहित)

अर्थ संसार

बुधबार, २४ मंसिर २०७७, ०० : ०० मा प्रकाशित

यति सस्ताेमा सेयर किन्न पाउँदा महंगाे सेयरमा किन मरिहत्ते ? हेर्नुस सस्ताेमा पाइने सेयरहरू (सूचीसहित)

अर्थ संसार,काठमाडौं -सेयर बजारममा याे साता उतारचढावपूर्ण रह्याे । गत साता उच्च दरले बढेकाे बजार आइतबार एकै दिन १२३ अंकले घटेर रेकर्ड कायम गर्याे । नेपाल राष्ट्र बैंकले मार्जिन कर्जाकाे सीमा पुनरावलाेकन गर्ने भनेकै भाेलिपल्ट सेयर बजारमा पहिराे गएकाे थियाे । सेयर बजार साेमबार भने बाउन्स ब्याक भएकाे छ । आइतबार ६ प्रतिशतले घटेर बन्द भएकाे बजार साेमबार ३.७४ प्रतिशतले बढेककाे छ । 

यसरी एक दिन उच्च उतारचढाव आउने सेयर बजारममा साना लगानीकर्ताहरू पिसिएका छन् । लहैलहैमा बढेकाे बजारमा कतिपय कम्पनीमा एकै दिन १० प्रतिशतसम्मले लगानीकर्ताले गुमाएका छन् । टाठाबाठाहरू एक दिन गुमाए अर्काे दिन कमाउँछन् । साेझासिधा लगानीकर्ता भने अरूकाे लहैलहैमा गुमाउने हुन् । कमाउन उनीहरूकाे लागि परकाे कुरा हुन्छ । 

यस्ताे बेला नगुमाउने गरी कसरी लगानी गर्ने ? सेयर बजारलाई लगानीकाे क्षेत्र बनाउनेहरूले तातै  खाउँ, जली मराैं गरी लगानी गर्न हुन्न । याे कम्पनीकाे सेयर संख्या थाेरै छ, त्यसैले याे कम्पनीले लाभांश नदिए पनि छिट्टै सेयर मूल्य बढ्छ भनेर कसैले भनेकै भरमा लगानी गर्नु हुन्न । कहिलेकाहीँ काकताली परेर सेयर मूल्य बढ्ला, कालान्तरमा त्यसमा लगानी गर्नेहरू जाकिने भड्खालाेमै हाे । त्यसैले कसरी राम्राे कम्पनी छान्ने ? 

कम्पनीकाे सेयर मूल्यलाई प्रत्यक्ष रूपमा मूल्य आम्दानी अनुपात (पिइ रेसियाे)ले प्रभावित पार्छ । कम्पनीकाे प्रतिशेयर आम्दानी हेरेर हेर्दा बजारमा सेयरकाे मूल्य कति गुणा बढिमा किनबेच भइरहेकाे छ भनेर यसले छु्ट्याउन हामीलाई सघाउँछ । कम्पनीले यतिकै आम्दानी हरेक बर्ष गर्दा अहिले बजारमा किनेकाे सेयरले कति समयमा लगानी फिर्ता गर्ला भनेर पिइ रेसियाे हेरेर अनुमान लगाउन सकिन्छ । अन्तराष्ट्रिय रूपमा पिई रेसियाे १५ गुनासम्म भएकाे सेयरलाई उपयुक्त मानिन्छ । त्यसभन्दा बढि २० गुनासम्ममा सामान्य जोखिम हुन्छ भने २० भन्दा बढी पिइ भएकाे कम्पनीलाई जोखिमपूर्ण मानिन्छ । यस हिसाले हेर्दा बाणिज्य बैंकहरूकाे सेयर निकै सस्ताे लाग्छ भने लघुवित्तकाे सेयर जाेखिमपूर्ण मान्नु पर्ने हुन्छ ।

 जाेखिमपूर्ण पिइ रेसियाे भएका कम्पनी हेराैं ।

यी विभिन्न समुहका कम्पनीमध्ये उच्च पिइ रेसियाेे भएका प्रतिनिधि कम्पनी हुन् । यीमध्ये केही कम्पनीले लगानीकर्तालाई अहिलेसम्म कुनै प्रतिफल दिएका छैनन् । केहीकाे प्रतिसेयर आम्दानी ऋणात्मक छ । मुनाफा दिएका कम्पनीकाे पनि बजार मूल्य अनुसारकाे प्रतिफल ज्यादै न्युन छ । यस्ताे अबस्थामा उचालिएर लगानी गर्नेहरू नडुबेर काे डुब्छन् त ?

पिइ रेसियाे न्युन भएका केही कम्पनी हेराैं 

यसरी प्रति सेयर आम्दानीका आधारमा यति सस्ताेमा सेयर किन्न पाइरहेका बेला उचालिएर सेयर किन्नु भनेकाे लगानी डुवाउनु नै  हाे । यी कम्पनीले दिने प्रतिफलका आधारमा लगानीकर्ता सधैं नाफामै हुन्छन् । 

सेयर किन्दा कम्पनीकाे खूद सम्पति, कूल सम्पति, प्रतिशेयर आम्दानी, संचित नोक्सानी, संचालन खर्च लगायतका कुराहरू अध्ययन गर्नु पर्छ । बैंकको हकमा खराब कर्जा, पूँजीकोष, निक्षेप कर्जा अनुपात, लागत मूल्य, आधार दर, स्प्रेड दर कुरा हेर्नु पर्छ । बीमा कम्पनीहरूकाे सूचकलाई हेर्दा बचत तथा बीमा कोष,दायित्व धारण,कुल बीमा शुल्क आर्जन, कायम बीमा लेख, बाँकी दाबी भुक्तानी, महाविपत्ती जगेडा कोष जस्ता कुराहरूलाई हेर्नु पर्छ । 

यस्तै जलविद्युत कम्पनीलाई छान्दा ऋण,भावी योजना र सम्भावना, कम्पनीले उत्पादन गरिरहेकाे जलविद्युत, त्यसकाे बजारलगायतका कुराहरू हेर्नु पर्ने हुन्छ । 

सामान्यतः खुद आम्दानी (अवधीको नाफा)लाई कम्पनीमा कायम शेयर संख्याले भाग गरेर प्रतिशेयर आम्दानी (इपिएस) निकालिन्छ । जति धेरै प्रति सेयर आम्दानी हुन्छ, सेयरधनीले बाेनस सेयर र नगद लाभांश पाउने सम्भावना धेरै हुन्छ । त्यसैले कम्पनी छान्दा प्रतिशेयर आम्दानी धेरै भएकाे कम्पनी हेर्नु पर्छ ।

लगानीको सुनौलो अवसर !! Prabhu Life Insurance को IPO बारे सम्पूर्ण जानकारी | कम्पनी कस्तो छ त ?

ब्रोकर कमिसन तत्काल घटनु पर्यो | कस्तो कम्पनीमा लगानी गर्ने? Chhote Lal Rauniyar | Arthasansar Talk

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको