Like us!
Follow us!
Connect us!
Watch us!

उचालिएर सेयर किन्ने यी कम्पनीका सेयरधनी राष्ट्र बैंकको सर्कुलरले हिस्स

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ११ : ०३ मा प्रकाशित

उचालिएर सेयर किन्ने यी कम्पनीका सेयरधनी राष्ट्र बैंकको सर्कुलरले हिस्स

अर्थ संसार,काठमाडौं- नेपाल राष्ट्र बैंकले त्रैमासिक मौद्रिक निती समीक्षामा उल्लेख गरिएका नितीगत ब्यबस्थाहरुलाई कार्यान्वयन गर्न परिपत्र जारी गरेर सेयर कर्जामा कडाइ गरेपछि केही कम्पनीकाे उचालिएर सेयर किन्ने लगानीकर्ताहरू नराम्राेसँग प्रभावित भएका छन् ।

उनीहरूले सेयर धिताे राखेर कर्जा लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंककाे परिपत्र अनुसार राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा वित्तीय संस्थाकाे सेयर धिताे राखेर ऋण लिन पाइने छैन । त्यस्तै राष्ट्र बैंककाे निर्देशन बमोजिम पूँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु तथा नेटवर्थ ऋणात्मक भएका, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका संस्थाहरु, आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पूरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु,, पछिल्लो तीन वर्षदेखि लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु, कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको सेयर धितोमा कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले राेक लगाएकाे छ ।

बैंकहरुले धितोको रुपमा लिने संस्थाको मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी, पीबी भ्यालु, लाभांश इल्ड, लाभांश अनुपात जस्ता आधारभूत सूचकांकको विश्लेषण गेर मात्र लगानी गर्नुपर्नेछ । राष्ट्र बैंकले सेयर धितो मूल्यांकन र त्यसको आधारमा दिन मिल्ने कर्जा सीमामा कुनै परिवर्तन नगरे पनि नयाँ सर्कुलरले विनाअाधार कर्नरिंगमा मूल्य बढाइएका कम्पनीकाे सेयर किन्नेहरू भने नराम्राेसँग प्रभावित भएका छन् ।

राष्ट्र बैंककाे सर्कूलरपछि बैंक तथा वित्तीय संस्थाले पूनर्बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी, बिशाल बजार कम्पनीजस्ता उच्च मूल्य भएका कम्पनीकाे सेयर धिताेमा लिएर लगानी गर्न पाउने छैनन् । नेपाल स्टक एक्स्चेन्जमा विहीबार अन्तिम काराेबार पूनर्बीमा कम्पनीकाे प्रतिकित्ता १४९२ रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीकाे १४७०० रूपैयाँ, बिशाल बजार कम्पनीकाे २७०० मा काराेबार भएकाे थियाे । उचालिएर सेयर खरिद गर्नेहरूकाे सेयर मूल्य एक सातामै निकै घटेकाे छ । पूनर्बीमा कम्पनीकाे प्रतिकित्ता १७३५ रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीकाे १५७०१ रूपैयाँ, बिशाल बजार कम्पनीकाे ४००० रूपैयाँसम्म पुगेकाे सेयर घट्दाे क्रममा छ । राष्ट्र बैंकको सर्कुलर अनुसार भर्खरै निस्कासन गरेका बीमा कम्पनीहरूकाे सेयर पनि धिताे राखेर ऋण दिन नपाइने भएकाे छ ।

जनरल इन्स्योरेन्स, रिलायन्स लाईफ, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्सले सेयर जारी गरेकाे धेरै समय भएकाे छैन । यी कम्पनीकाे सेयर काराेबार भएकाे २५० दिन नपुगेकाले सेयर धिताेमा ऋण लिन नपाइने भरभएकाे हाे । बजारमा पछिल्लाे पटक जनरल इन्स्योरेन्स ५७१, रिलायन्स लाईफ ६२९, सानिमा जनरल इन्स्योरेन्स ५९८ र अजोड इन्स्योरेन्स ६८३ रूपैयाँ प्रतिकित्तामा काराेबार भएकाे थियाे । यस्तै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, एनआईसी लघुवित्त, साधाना लघुवित्त, माउन्टेन इनर्जी, यूनाइटेड इदी–मर्दी एण्ड आरबी हाईड्रोपावर कम्पनीको सेयर पनि धितो राखेर कर्जा लिन पाइने छैन ।

बजारमा पछिल्लाे पटक एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे प्रतिकित्ता ३८०, लिबर्टी इनर्जी कम्पनी २२१, साधना लघुवित्त १२९०, माउन्टेन इनर्जी ४१५ प्रतिकित्तामा काराेबार भइरहेकाे छ । मर्जरमा रहेकाले एनआईसी लघुवित्तकाे काराेबार राेक्का भएकाे छ । यूनाइटेड इदी–मर्दी आरबी हाईड्रोपावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्थाकाे नेप्सेमा काराेबार भएकै छैन ।

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको