Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्ती मोवाइल वालेटबाट भुक्तानी गर्न सकिने

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, १५ : २० मा प्रकाशित

कृषि विकास बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्ती मोवाइल वालेटबाट भुक्तानी गर्न सकिने

कृषि विकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । 

कृषि विकास बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाईन आवेदन गर्न सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ ।

खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । कृषि विकास बैंकले विभिन्न पदमा ४०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । 

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो ।

खल्ती वालेटको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। खल्तीका प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।

यो छुटाउनुभयो कि ?

कृषि विकास बैंकले एकैपटक माग्यो ठूलो संख्यामा कर्मचारी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको