Like us!
Follow us!
Connect us!
Watch us!

सर्वप्रिय सर्वाेत्तम सिमेन्टको उत्पादन क्षमता बढ्यो,प्रतिदिन ६० हजार बोरा उत्पादन

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १४ : १४ मा प्रकाशित

सर्वप्रिय सर्वाेत्तम सिमेन्टको उत्पादन क्षमता बढ्यो,प्रतिदिन ६० हजार बोरा उत्पादन

सर्वोत्तम समेन्ट लिमिटेडले आफ्नो उत्पादन क्षमता प्रतिदिन ४० हजार बोराबाट बढाएर ६० हजार बोरा पुराएको छ । बजारमा सर्वाेत्तम सिमेन्टको बढ्दो लोकप्रियसँगै माग ह्वात्तै बढेकोले उत्पादन क्षमता बढाउनु परेको हो । 

नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्ट लिमिटेडले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आउने क्रममा अब आफ्नो  सिमेन्ट उद्योेगको उत्पादन क्षमता ४०,००० बोरा प्रतिदिनबाट बढाई ६०,००० बोरा बनाएको कम्पनीले जनाएको छ ।

आप्mनो सिमेन्ट उत्पादन अझै  बृहत भएपछि सिमेन्ट उपभोक्ताहरु माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँचअभैm सरल तथा सुलभ बन्ने कम्पनीको विश्वास छ ।आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादनतथा गुणस्तर पस्कँदै धेरै भन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तमसिमेन्ट देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ । कम्पनीले अब सफलताको अर्काे फड्को पार गर्दै अब आफ्नो उत्पादन क्षमतापनि बढाएको हो जससँगै कम्पनी र उपभोक्तबीचको सम्बन्ध अझै  बलियोे हुँदै जाने विश्वास कम्पनीले लिएको छ । 

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तमओ.पि.सि र सौरभ ग्रिनपि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ ।

यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२सम्म रहेको छ । यतिमात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको