Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

आइतबार, ०२ जेठ २०७८, १६ : २६ मा प्रकाशित

युनियन हाइड्रोसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आइतबार सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेकाे छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले बढेर हालसम्मकै उच्च अर्थात् २७३८.२९ विन्दुमा पुगेकाे हाे । 

यस दिन युनियन हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०५ प्रतिशतले घटेर २ सय ७ रूपैयाँमा झरेकाे छ ।

आइतबार सबैभन्दा धेरै गुमाउने दाेश्राे सूचीमा आँखुखाेला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य ३.९० प्रतिशतले घटेर एक सय ९७ रूपैयाँमा झरेकाे छ । 

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन ?

आज सबैभन्दा धेरै गुमाउने तेश्राे सूचीमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । बैंककाे सेयरमूल्य ३.८५ प्रतिशतले घटेर ६ सय २४ रूपैयाँमा झरेकाे छ ।

त्यसैगरी, क्रमश : घलेम्दी हाइड्राे लिमिटेडकाे सेयरमूल्य ३.७७ प्रतिशतले घटेर २ सय ४ रूपैयाँमा, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे सेयरमूल्य ३.४२ प्रतिशतले घटेर ७ सय ६३ रूपैयाँमा, लिबर्टी इनर्जी कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.३६ प्रतिशतले घटेर ३ सय ७४ रूपैयाँमा, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.३३ प्रतिशतले घटेर २ सय ९० रूपैयाँमा, खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.०९ प्रतिशतले घटेर एक सय ८८ रूपैयाँमा, जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य २.९७ प्रतिशतले घटेर एक सय ९६ रूपैयाँमा र हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य २.९० प्रतिशतले घटेर २ सय एक रूपैयाँमा झरेकाे छ । 

60a0ea1a5ad5c.jpg

निषेधाज्ञामा चम्किँदै सेयर बजार, परिसूचक र कारोबार रकम दुवैमा उछाल

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको