Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डको विज्ञप्ती बजारले पचाउन सकेन, १२५.४३ अंकले घट्यो नेप्से परिसूचक

नेप्से

शनिबार, १२ असार २०७८, १० : १२ मा प्रकाशित

बोर्डको विज्ञप्ती बजारले पचाउन सकेन, १२५.४३ अंकले घट्यो नेप्से परिसूचक

यस साता पनि सेयर बजारले नियामक निकाय नेपाल धिताेपत्र बाेर्डकाे विज्ञप्तिलाई पचाउन सकेन । पछिल्लाे समय दिनहुँ नयाँ नयाँ रेकर्डहरू बनाउँदै ३००० कटेकाे नेप्से परिसूचक अघिल्लाे मंगलबार बाेर्डले ५१ वटा कम्पनीहको सूचीसहित सार्वजनिक गरेकाे प्रेस विज्ञप्तीपछि भने निरन्तर घट्दै गइरहेकाे छ । याे बीचमा जम्मा एकदिन मात्रै बजार बढेर अरू हरेक दिन निरन्तर घटेकाे छ । अब झन् सेयर बजारकाे सिजन सुरू हुने समयमा बाेर्डकाे विज्ञप्तिले समग्र सेयर बजारमा नै हलचल मच्चाएकाे छ ।

सेयर बजार घट्न थालेपछि लगानीकर्ताहरू पनि निराश छन् । अहिले कतिपय लगानीकर्ताहरूले प्यानिक सेल गरिरहँदा कतिपय लगानीकर्ताहरू भने पर्ख र हेरकाे अवस्थामा बसेका छन् ।

यस साता नेप्से परिसूचक १२५ दशमलव ४३ अंकले घटेर २८४३ विन्दुमा झरी रोकिएको छ । गत साता नेप्से परिसूचक २३ दशमलव ६५ अंकले बढेर २९६८ दशमलव ४३ विन्दुमा पुगी रोकिएको थियाे । 

यस साता सेन्सेटिभ परिसूचक पनि १५ दशमलव ४७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा झरेको छ । गत साता सेन्सेटिभ परिसूचक १३ दशमलव २५ अंकले बढेर ५४१ दशमलव १२ विन्दुमा रोकिएको थियो ।

कारोबार रकमको कुरा गर्नुपर्दा दैनिक कारोबार रकममा व्यापक गिरावट देखिएको छ । यो साता औषतमा जम्मा ९ अर्ब ८२ कराेडको कारोबार भएको छ । यस साता धेरैमा ११ अर्ब ८२ कराेड रुपैयाँको र थोरैमा ७ अर्ब ३ कराेड रुपैयाँको कारोबार भएको हाे । 

यस साताकाे सेयर बजारलाई समग्रमा नियाल्दा :

बजार पुँजीकरणको कुरा गर्नुपर्दा एक साताभरमा लगानीकर्ताको सम्पत्ती १ खर्ब ९० अर्बले घटेको छ । गत साता ४१ खर्ब ३९ अर्ब रहेको बजार पुँजीकरण यो साता १ खर्ब ९० अर्बले घटेर ३९ खर्ब ४९ अर्बमा झरेको छ ।

सूचीकृत उपसमूहमध्ये यस साता यस साता सूचीकृत सबै समूहमा गिरावट आएको छ । यस साता सबैभन्दा धेरै विकास बैंक समूहकाे सेयर घटेकाे छ ।

यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा  राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । कम्पनीले एकैचाेटी हकप्रद र बाेनसकाे घाषणा गरेपछि । यस कम्पनीप्रति लगानीकर्ताकाे माेह बढेकाे छ । त्यसपश्चात् सबैभन्दा धेरै नाफा कमाउने दोश्रो र तेश्रोमा क्रमश एचआइडीसीएल र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

त्यसैगरी, यस साता सीइडीबी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश युनियन हाइड्रोपावर र नेपाल पूनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

सेयर सूचीकरणकाे कुरा गर्नुपर्दा याे साता धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ वटा कम्पनीकाे सेयर थपिएकाे छ । स्टकका अनुसार एउटा कम्पनीकाे बाेनस सेयर, एउटा कम्पनीकाे हकप्रद सेयर, २ वटा म्युचुअल फण्ड र एउटा बैंककाे ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हाे । प्रभु सेलेक्ट फण्डकाे १२ करोड ५० लाख कित्ता इकाई, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ९ लाख २० हजार २ सय ५० दशमलव ७९ कित्ता सेयर, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ हजार एक सय ९९ कित्ता हकप्रद सेयर, कामना सेवा विकास बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र र एनआईबिएल समृद्धि फण्ड–२ काे १५ करोड इकाई याे साता नेप्सेमा सूचीकृत भएकाे हाे ।

कतिपय विश्लेषकहरुले अहिले बजारमा सेयरहरू किन्ने सुनाैलाे अवसर रहेकाे बताएका छन् । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने विश्लेषकहरुकाे तर्क छ । अहिले बैंक र इन्स्योरेन्सहरूको कमाइ राम्रो छ । जलविद्युत कम्पनीहरूले पनि हकप्रद सेयर निष्कासन गर्न पाउने खबर बाहिरिएकाे छ । सेयर बजारकाे सिजन पनि सुरू भएकाे छ । यी सबै कुराले गर्दा बजार माथि जाने देखिन्छ । एउटा लयमा गइरहेको बजारलाई धितोपत्र बोर्डको प्रकरणले धमिल्याएको त छनै । तर पनि याे धेरै दिनसम्म बजारमा नटिक्ने विश्लेषकहरुले बताएका छन् । 

अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुनेछ । करेक्सन नआएको भए बजार थोरै मात्र माथि जाने थियो भने अहिलेकाे यो करेक्सनले गर्दा अझै धेरै माथि जान बजार बलियाे बनेकाे केही विश्लेषककाे दावी छ ।

लगानीकर्ताहरूले लगानी गर्दा सर्वप्रथम आफूलाई फाइदा हुने कम्पनी हेरेर छनोट गर्नुपर्छ ।  यो कम्पनी मेरो लागि उपयुक्त छ र यो कम्पनीबाट मैले राम्रो कमाउन सक्दछु भन्ने कुरा लगानीकर्ताले अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । यसाे गर्दा अहिलेको जस्ताे अवस्थाबाट आफू सजिलै बच्न सकिन्छ । लगानीकर्ताहरूले आफूले लगानी गर्ने बेलामा सोचेर विचार गरेर लगानी गरेका कम्पनीहरू गन्तव्यमा नपुगेसम्म प्रतिफल दिने बेला नभएसम्म) हाेल्ड गर्नुपर्छ । 

याे पनि हेर्नुहाेस् : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको