Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकः सेयर मूल्यमा छलांङ, बर्षमा २७५ प्रतिशतले बृद्धि

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १३ : ४७ मा प्रकाशित

कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यसले २०६४ असोज २७ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरी मिति २०६४ असोज २८ देखि कारोबार संचालन गरेको हो ।

बैंकको केन्द्रिय कार्यालय काठमाडौमा छ । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा एवं व्यवस्थापनमा अनुभव तथा लामो समयदेखि दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु रहेका छन् ।

बैंकको वित्तीय अबस्था

बैंकको पछिल्लो वित्तीय अबस्थालाई हेर्दा बैंकको गत आर्थिक बर्षको चौथो त्रैमाससम्म अर्थात गत आर्थिक बर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीका प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४० पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १६ पैसामा सीमित थियो ।

आर्थिक वर्ष २०७७/७८ को अन्तिमसम्म आइपुग्दा बैंकले ७० करोड २ लाख रुपैँया मुनाफा आर्जन गरेको छ । पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा आर्जन गरेको थियो । जुन अघिल्लो आर्थिक बर्ष २०७६/७७ को तुलनामा करिब ६ गुणाले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड ९७ लाख  रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो ।

२०७८ असार मसान्तमा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको सोही अवधीको तुलनामा २९.९२ प्रतिशतले बढी हो । त्यस्तै बैंकको सञ्चालन मुनाफा पनि अधिल्लो आर्थिक बर्षको तुलनामा ३३.६४ प्रतिशतले बृद्धि भई १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक बर्ष २०७६/७७ को असार मसान्तसम्ममा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक बर्षमा बृद्धि भएर ४३ करोड ४५ लाख रुपैयाँ सकारात्मक भएको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ । ३ अर्ब अधिकृत पूँजी भएको बैंकको गत आर्थिक बर्षको अन्तिमसम्ममा बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । सुमिक्षा अवधिमा बैंकले ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सेयर बजारमा कामना विकास बैंक  

हाल नेप्सेमा बैंकको २ करोड ६५ लाख १९ हजार ६ सय ४० कित्ता सेयर सुचिकृत छ । बैंकको सेयर एक बर्षयता अधिकतम ६ सय ६३ रूपैयाँ र न्युनतम १ सय ३७ रूपैयाँमा कारोबार भएको छ । पछिल्लो १८० दिनको औषत मूल्य ३ सय ३८ रूपैयाँ रहेको छ भने १२० दिनको औषत मूल्य ३९२ रुपैयाँ कायम भएको देखिन्छ । यसरी हेर्दा कम्पनीको सेयर मूल्य तुलनात्मक रुपमा उकालो लागिरहेको देखिन्छ ।

बैंकको सेयर मूल्यलाइ एक छिन नियालौं । बैंकको सेयर मूल्य ५२ हप्तामा २७५ प्रतिशतले बृद्धि भएको देखिन्छ । आजको कम्पनीको सेयरको बजार मूल्यअनुसार कम्पनीको मूल्य आम्दानी अनुपात (पिइ रेसियो) २२.९९ गुणा रहेको छ । यो भनेको कम्पनीमा लगानी गर्न धेरै जोखिम छैन भन्ने हो । पिइ रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि उत्तम मानिन्छ । पिइ रेसियो २० सम्मलाइ जोखिम नभएको सेयर मानिन्छ । 
 

लाभांशको इतिहास

कम्पनीको लाभांशको इतिहास हेर्ने हो भने बैंकको लाभांशलाई मध्यम मान्न सकिन्छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ४.४ प्रतिशत बोनश सेयर र ०.२३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७५/७६ मा ६.५० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७४/७५ मा १.५० प्रतिशत बोनश शेयर, आर्थिक वर्ष २०७३/७४ मा ५.५० प्रतिशत बोनश शेयर, २०७२/७३ मा २१.५८ प्रतिशत बोनस सेयर, २०७१/७२ मा २२.६० प्रतिशत बोनश सेयर, २०७०/७१ मा २१ प्रतिशत बोनश सेयर, २०६९/७० मा १५ प्रतिशत बोनस सेयर, २०६८/६९ र २०६७/६८ मा समान १५–१५ प्रतिशत नगद लाभांश वितरण  गरेको थियो । 

९ बर्षअघि यो बैंकको १०० कित्ता सेयरमा लगानी गर्ने लगानीकर्ताको सेयर बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेको बोनसबाट अहिले बढेर १ सय ९० कित्ता मात्र पुगेको छ भने बैकले विभिन्न समयमा गरेको नगद लाभांशबाट पनि बैंकका लगानीकर्ताहरूले राम्रै आम्दानी गरिसकेका छन् ।

बैंकको ब्यवस्थापन 
कामना सेवा बैंकको ब्यवस्थापनलाइ हेरौं । कम्पनीको परफरमेन्स हेर्न त्यसको ब्यवस्थापनलाइ हेर्नु पर्छ । कामना सेवा विकास बैंक कामना विकास बैंक, कास्की फाइनान्स र सेवा विकास बैंकहरुका बिचमा मर्जरपस्चात बनेको बैंक हो । 

हाल बैंकमा ५१ प्रतिशत संस्थापक सेयरधनीहरुको र ४९ प्रतिशत सर्वसाधारण ९कर्मचारीहरु समेत० को स्वामित्व रहेको छ । बैंकको सञ्चालक समितिमा ३ जना संस्थापक सेयरधनीहरुको तर्फबाट, ३ जनाको सर्वसाधारण लगानीकर्ताहरुको तर्फबाट र १ जना राष्ट्र बैंकले कायम गरेको व्यवसायिक बिज्ञका रुपमा प्रतिनिधित्व हुन गर्दछ ।  

हाल बैंकको सञ्चालक समितीको अध्यक्षमा सुदिप आचार्य रहेका छन् । आचार्य डिस मिडिया नेटवर्क प्रा।ली का कार्यकारी प्रमुख, नेपाल इजरायल चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रीजको संचालक सदस्य र मल्टी इनर्जी हाइड्रो प्रा.लि.को संचालक समेत हुन् ।  

ब्रैंकको अन्य सञ्चालकहरुमा भिम प्रसाद तुलाचन, चतुराखर पराजुली, देब कृष्ण काफ्ले, विश्वेश्वर सुवेदी, बलराम बराल र स्वतन्त्र सञ्चालकमा सिता घिमिरे रहेकिछन् । 

हाल कामना सेवा विकास बैंकको व्यवस्थापकीय नेतृत्व (सिईओ) प्रविण बस्नेतले गरिरहेका छन् । सि.ए बस्नेतले एक्जुकेटिभ एम.बि.ए समेत गरेका छन् ।

एनआईसिएसिया बैकं लि.मा करिब आठ बर्षको कार्य अनुभव हाँसिल गरेका बस्नेतले माछापुछ्रे बैंक लि.मा पनि करिब नौ महिना काम गरेका थिए । बस्नेत बि.स २०७५ साल भाद्र १ गते बैंकको सिईओका रुपमा नियुक्त भएका हुन् ।

बैंकको समग्र अबस्था हेर्दा यसमा गरिने लगानी दीर्घकालीन रूपमा निकै फाइदाजनक देखिन्छ । बैंकको विगतका आर्थिक बर्षहरुमा लगानीकर्ताहरुलाई त्यति आकर्षक लाभांश वितरण गर्न नसकेको देखिएको भएता पनि बैंकले हालै जारी गरेको गत आर्थिक बर्षको वित्तिय विवरणलाई अध्ययन गर्दा यो आर्थिक बर्षमा बैंक आकर्षक लाभांश वितरण गर्न सक्ने क्षमतामा देखिन्छ । 
 
गत आर्थिक बर्षको अन्तिमसम्ममा बैंककमे प्रतिसेयर आम्दानी २६ रूपैयाँभन्दा बढी छ । आर्थिक बर्ष २०७६/७७ को तुलनामा गत आर्थिक बर्षमा बैंकको मुनाफा करिब ६ गुणाले बृद्धि भएको देखिन्छ । यस हिसावले पनि यो बैंकका लगानीकर्ताहरुले विगत बर्षको तुलनामा यो बर्ष बढि प्रतिफल पाउने देखिन्छ । 

नोटः हामिले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वन नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको