Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रालयले सेबाेनसँग साेध्यो स्पष्टिकरण, सर्वाेत्तमको सेयर छोरीका नाममा किनेको आरोप

अर्थ संसार

विहीबार, १४ साउन २०७८, १२ : ३० मा प्रकाशित

अर्थमन्त्रालयले सेबाेनसँग साेध्यो स्पष्टिकरण, सर्वाेत्तमको सेयर छोरीका नाममा किनेको आरोप

अर्थमन्त्रालयले धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको कम्तीमा ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको भेटिएको समाचार सार्बजनिक भएपछि बोर्डलाई स्पष्टिकरण सोधेको छ । 

अर्थ मन्त्रालयले विभिन्न संचारमाध्यममा प्रकाशित भएका बोर्डसँग  सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै संचार माध्यममा आएका ती बिषयबस्तुको सम्बन्धमा तथ्य यथार्थता के हो, सोको यथार्थ तथ्यपरक विवरण तीन दिनभित्र बुझाउन भनेको छ । 

बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्र निष्कासनका लागि तयारी गरिरहेको कम्पनीको शेयर प्राथमिक निष्कासन हुनु अगावै व्यक्तिगत प्रभावका आधारमा विदेशमा बसोबास गरिरहेकी छोरीको नाममा किनेको भेटिएको समाचार हिमाल खबरले प्रकाशन गरेको थियो । 

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्र निष्कासनका लागि तयारी गरिरहेको कम्पनीको शेयर प्राथमिक निष्कासन हुनु अगावै व्यक्तिगत प्रभावका आधारमा विदेशमा बसोबास गरिरहेकी छोरीको नाममा किनेको भेटिएको समाचारमा उल्लेख छ । 

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत निष्कासन गर्न लागेको छ। 

सर्वोत्तमले शेयर निष्कासनको प्रक्रिया शुरू गरिसकेपछि ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा यो कम्पनीको शेयर किनेका हुन्। सर्वोत्तम सिमेन्ट लिमिटेडको पछिल्लो शेयरवाला दर्ता किताबका अनुसार, रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मका ११ हजार ९१२ कित्ता शेयर छन्। ढुंगानाको नाममा गत पुसमा दश हजार कित्ता शेयर हस्तान्तरण भए पनि आर्थिक वर्ष २०७६।७७ को १९.१२ प्रतिशत बोनस शेयर थपिएर शेयर संख्या बढेको हिमालको समाचारमा उल्लेख छ। 

नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता २०७४ ले ‘बोर्ड सदस्यले (अध्यक्षसहित) बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुनु हुँदैन’ भन्ने उल्लेख छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको