Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्राेकाे सेयर बजारमा हटकेक, एक महिनामै ३४ प्रतिशत मूल्य वृद्धि

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, ११ : १६ मा प्रकाशित

नेशनल हाइड्राेकाे सेयर बजारमा हटकेक, एक महिनामै ३४ प्रतिशत मूल्य वृद्धि

कुनै बेला सेयर मूल्य घटेर ३६ रूपैयाँसम्म झरेकाे नेशनल हाइड्राे पावर कम्पनी लिमिटेड (एनएचपिसी) अहिले सेयर बजारमा हटकेक बनेकाे छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दैनिक जसाे एनएचपिसीकाे काराेबार उच्च हुने गरेकाे छ । नेप्सका अनुसार आइतबार उक्त कम्पनी टप टर्न ओभरमा पहिलाे नम्बरमा थियाे । उक्त दिन एनएचपिसीकाे ३६ कराेड १ लाख ४२ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे । त्यस दिन २ हजार ५ सय ६२ वटा काराेबारबाट उक्त कम्पनीका ९ लाख ५३ हजार ३ सय २९ कित्ता सेयर किनबेच भएका थिए ।

नेशनल हाइड्राे हरेक दिनजसाे धेरै पटक काराेबार, धेरै कित्ता सेयर काराेबार, धेरै रकमकाे काराेबार र धेरै कमाउनेमध्ये कुनै न कुनै समुहमा उत्कृष्ट १० भित्र पर्दै आएकाे छ ।

कुनै समय सुसासनमा निकै कमजाेर मानिएकाे कम्पनी एकाएक कसरी लगानीकर्तकाे आँखामा पर्न सफल भयाे ? अहिले कम्पनीले फड्काे मारेकाे छ । जगेडा काेष कराेडाैंमा नकारात्मक भएकाे कम्पनी एकाएक सेयरधनीलाई लाभांश दिने अवस्थामा पुगेकाे छ । वर्षाैंदेखि रित्ताेहात चित्त बुझाउन बाद्य सेयरधनीले यस वर्ष बाेनस सेयर पाउँदैछन् । त्यसमा पनि २-४ प्रतिशत मात्र हैन, २० देखि २८ प्रतिशतसम्म । कम्पनीले यकिन कति दिन्छ लेखा परीक्षण नगरी भन्न सक्ने अवस्था छैन । तर कम्पनीकाे नकारात्मक रूपमा रहेकाे जगेडा काेष सकारात्मक भएर लेखा परीक्षण प्रतिवेदनमा यसै वर्ष ३५ कराेडकाे हाराहारीमा मुनाफा देखिँदैछ । उक्त रकमबाट कम्पनीसँग २८ प्रतिशतसम्म बाेनस सेयर दिनसक्ने हैसियत हुने कम्पनीका अध्यक्ष कुमार पाण्डे बताउँछन् । हुन पनि अध्यक्ष पाण्डेले लिएपछि नेशनल हाइड्राेले चमत्कारै गरेकाे छ ।

कम्पनीसँग अहिले ४ वटा आयाेजना छन् । कम्पनीले इन्द्रावती ३ बाट विद्युत उत्पादन गरिरहेकाे छ । यसबाट वार्षिक २०-२२ कराेड रूपैयाँ आम्दानी गरिरहेकाे छ । भाेजपुरमा १४ मेगावाटकाे तल्लाे इर्खुवा खाेला आयाेजना बनाइरहेकाे छ । उक्त आयाेजना २ वर्षभित्र निर्माण सम्पन्न हुन्छ । तल्लाे इन्द्रावतीकाे लाईसेन्स भर्खरै फिर्ता ल्याएकाे छ । उक्त आयाेजना आधाउधी बनिसकेकाे छ । कास्कीमा एउटा आयाेजना अध्ययनका क्रममा छ । ती आयाेजनाहरू बनाउन कम्पनीकाे आम्दानी, बैंक ऋण लगानी गरिरहेकाे छ । आवश्यक पर्दा कम्पनीले हकप्रद सेयर पनि निष्कासन गर्न सक्नेछ । बनिरहेका आयाेजनाबाट विद्युत उत्पादन सुरू गरेपछि कम्पनीकाे वार्षिक आम्दानी ८० देखि ८५ कराेडसम्म हुनेछ । त्यतिखेर लगानी गर्नका लागि कम्पनीले अहिल्यैदेखि ४०-५० मेगावाटकाे आयाेजनाकाे खाेजी गरिरहेकाे अध्यक्ष पाण्डे बताउँछन् ।

यसरी कम्पनीले फड्काे मारेपछि बजारमा नेशनल हाइड्राेकाे सेयर हारालुछ हुन थालेकाे छ । कम्पनीकाे एक महिना (जुलाइ १ देखि अगस्ट २सम्म) कम्पनीकाे सेयर ३५ हजार ७ सय ९४ पटक किनबेच भएकाे छ । यस अवधिमा कम्पनीकाे १ कराेड १२ लाख ५६ हजार ६ सय ८६ कित्ता सेयर किनबेचबाट ३ अर्ब ८१ कराेड ११ हजार ५ सय ७ रूपैयाँकाे काराेबार भएकाे छ ।

नेप्सेमा नेशनल हाइड्राेकाे १ कराेड ३८ लाख ५१ हजार ८ सय ६२ रूपैया कित्ता सेयर सूचिकृत छ । यस हिसावले एक महिनामै एनएचपिसीकाे सूचिकृत ८१ प्रतिशतभन्दा बढी सेयर किनबेच भएकाे छ । यस अवधिमा कम्पनीकाे सेयर मूल्य न्युनतमः २८० रूपैयाँदेखि अधिकतम ३९६ रूपैयाँसम्म बढेकाे छ । न्युनतम मूल्यबाट साेमबारकाे अन्तिम काराेबार मूल्य (३७७ रूपैयाँ) लाइ हेर्ने हाे भने लगानीकर्ताले एक महिनाकै अवधिमा ३४ प्रतितशतभन्दा बढी मुनाफा कमाएका छन् ।

एक महिनाकाे अवधिमा जुलाइ १४ मा सबैभन्दा कम सेयर संख्या काराेबार भएकाे छ । त्यस दिन सबैभन्दा थाेरै भनेकाे पनि १ लाख ५० हजार १८ कित्ता सेयर किनबेच भएकाे छ । सबैभन्दा धेरै सेयर जुलाइ २८ मा ९ लाख ५६ हजार ९ सय २१ कित्ता किनबेच भएकाे छ । नेप्सेकाे मार्केट डेप्थलाइ दैनिक रूपमा नियाल्दा पनि नेशनल हाइड्राेकाे सेयरमा अधिक माग देखिन्छ । हरेक दिन बिक्री अर्डर केही हजार देखिँदा पनि खरिद अर्डर गर्नेहरू लाखाैं हुन्छन् । त्यसैले नेशनल हाइड्राेकाे सेयरमा सबैकाे आँखा परेकाे सहजै अनुमान लगाउन सकिन्छ ।

No description available.

याे पनि :

नेशनल हाइड्रोका सेयरधनीलाई अब न्याय,लाभांश दिने समय आयो,हकप्रद ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको