Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको नाफामा बृद्धि, वितरण योग्य मुनाफा कति ?

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, ०५ : ५७ मा प्रकाशित

सिद्धार्थ बैंकको नाफामा बृद्धि, वितरण योग्य मुनाफा कति ?

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले  २ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३२.३१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब १४ करोड ३६ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि ४०.५३ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधीमा १ खर्ब बैंकले ८० अर्ब ९२ करोड बढी निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा १.३८ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर १.१६ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ५ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन ०.६२ प्रतिशतले कम हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ३०.५७ प्रतिशतले बढेर ४ अर्ब १३ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब १६ करोड ७६ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ३० करोड २६ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार ६ अर्ब २२ करोड ३५ लाख रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८७ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ८७ पैसा पुगेको छ बैंकको पीई रेसियो १९.४८ गुणा रहेको छ ।

बैंकको चुक्ता पुँजी र वितरण योग्य मुनाफालाई हेर्दा गत आर्थिक बर्षको मुनाफाबाट करिब ११ प्रतिशत भन्दा बढि लाभांश वितरण गर्ने क्षमता बैंकसंग देखिन्छ । बैंकले आफ्नो रिजर्भबाट समेत थप लरग् लगानीकर्ताहरुलाई लाभांस वितरण गर्नसक्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको