Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली सेयर बजारमा प्रविधिक विश्लेषणले कत्तिको काम गर्छ ?

बसन्त पाण्डे

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, १२ : ४२ मा प्रकाशित

नेपाली सेयर बजारमा प्रविधिक विश्लेषणले कत्तिको काम गर्छ ?

तल प्रस्तुत गरिएको चार्ट सहितको उदाहरण हेर्नुहोस र आफै आकलन गर्नुहोस् । 

वि.स २०७२/७३ को बुलताका नेपालमा प्राविधिक विश्लेषणको खासै प्रचलन थिएन । त्यतिबेला आधारभूत विश्लेषणहरु बढी हुने गर्दथे । अनेक किसिमका विश्लेषणहरुबाट वाक्क दिक्क भएर त्यतिबेला आधारभूत विश्लेषकहरुलाई लगानीकर्ता हरुले 'फंडे' उपनाम नै दिएका थिए।

अहिलेको बुलमा प्राविधिक विश्लेषणहरु बढि हुन थालेका छन् । सामाजिक संजालहरुमा पनि विभिन्न कम्पनीका विश्लेषण गरिएका चार्टहरु टन्नै भेटिन्छ । एकै समयमा एउटै कम्पनीका अलग अलग किसिमका विश्लेषणहरु आउँदा ति विश्लेषणहरुबाट वाक्क दिक्क भएर लगानीकर्ताहरुले प्राविधिक विश्लेषकहरुलाई ' धर्के ' उपनाम समेत दिने गरेका छन् । कतिपय लगानीकर्ताहरु प्राबिधिक विश्लेषणमा विश्वास गर्ने गर्दछन भने कतिपयले नेपाली सेयर बजारमा प्राविधिक विश्लेषणले खासै काम नगर्ने विचार व्यक्त गर्ने गरेकाे पाइन्छ । आजको यो आलेखमा हामीले नेप्सेमा प्राविधिक विश्लेषणले कत्तिको काम गर्छ त भन्ने विषयलाइ  उदाहरण सहित प्रस्तुत गर्ने जमर्को गरेका छौं ।  

हामीले उदाहरणको लागि बजार २७९९ को बिन्दुबाट बढेर  ३२३० पुग्दै फेरी  ३२२०  बाट तल खस्दै गइ २४८० सम्म आइपुग्दा र २४८० बाट बजार बढेर हिजो मंगलबार २७८४ को बिन्दुमा क्लोज हुदासम्मको अवधिलाई लिएका छौ।  

बजार ३२३० काे बिन्दुबाट खस्दै गर्दा नेप्सले कुन बिन्दुमा सेल सिग्नल दिएको थियो ?

१. माथि चार्टमा देखाइए झैं बजार २७९९ को बिन्दुबाट बढ्दै गएर ३२३० सम्म पुगिसकेपछि बजार झरेर करिब ३१८० को बिन्दुमा आइपुग्दै गर्दा नेप्सेको चार्ट्मा बनेको अप ट्रेन्डलाइन (Up Trendline) ब्रेक भएको थियो, जसले बजार तल झर्ने संकेत दिईसकेको थियो । 

२. बजार ३२३० को बिन्दुबाट झरेर ३११९ को बिन्दुमा क्लोजिंग दिईसके पश्चात  शुटिंग स्टार (Shooting Star) प्याटर्न भ्यालिड भएको थियो जसले बजार अझै तल खसेर जाने संकेत गरेको थियो ।  

३. बजार ३२३० को बिन्दुबाट खसेर करिब ३१०० को बिन्दुमा पुग्दै गर्दा नेप्सेको चार्ट्मा ५ दिनको EMA ले २० दिनको EMA लाइ माथिबाट तलतिर काट्दै डेड क्रस ओभर (Dead Cross Over) दिएको थियो । डेड क्रस ओभर दिईसकेपछि बजार अझै तल झरेर जाने लगभग निश्चित जस्तै हुने गर्दछ ।  

यसरी नेप्से  ३२३० को बिन्दुबाट खसेर ३१०० को बिन्दुमा आइपुग्दासम्म नेप्सेको चार्टले  पूर्ण रुपमा सेल सिग्नल दिईसकेको थियो ।  

बीच बिचमा भएका बाउन्स ब्याकहरुले डाउन ट्रेन्ड लाइन (Down Trend Line) लाइ ब्रेक गर्न सकेका थिएनन् । ति बाउन्स ब्याकहरुलाई प्राविधिक विश्लेषण जान्ने लगानीकर्ताले आफुसंग बाँकी भएका सेयरहरु बेच्ने अवसरको रुपमा प्रयोग गरेका थिए ।  

चार्ट हेर्न जानेको भए बजार २४८० सम्म आइपुगेर बढ्दै जाँदा अब बजार बढ्ने नै भयो भनेर कसरि थाहा हुन्थ्यो ?  

१. बजार २४८० को बिन्दुबाट बढ्दै गएर २५८६ को बिन्दुबाट माथि लाग्दै गर्दा नेप्सेको चार्टमा बनेको डाउन ट्रेन्ड ब्रेक भईसकेको थियो । बजार २५८६ मा क्लोज भएको दोश्रो दिन बजारमा राम्रो भोलुम सहित बुलिश 'मारुबोजु' क्यान्डल बनेको थियो जसले बजार अझै माथि जान सक्ने स्पष्ट संकेत दिईसकेको थियो ।  

२. बजार बढ्दै २६७२ को बिन्दुमा पुग्दा ५ दिनको EMA ले २० दिनको EMA लाइ तलबाट माथितिर क्रस गर्दै गोल्डेन क्रसओभर दिएको थियो ।  गोल्डेन क्रसओभर दिईसकेपछि बजार अझै बढेर माथि जाने लगभग निश्चित जस्तो हुने गर्दछ ।  

२६७२ को बिन्दुमा गोल्डेन क्रसओभर दिएको बजारमा अहिले पनि त्यो बुलिश मोमेण्टम भ्यालिड छ । हाल बनिरहेका टेक्निकल फर्मेसनहरुले बजार अझै बढेर माथि जाने संकेत गरिरहेका छन् ।  

यदि तपाई सेयर बजारमा कारोबारी (Trader) बन्न चाहनुहुन्छ भने तपाई संग राम्रो प्राविधिक ज्ञान भएको खण्डमा बजारबाट राम्रो नाफा बुक गर्न सक्ने सम्भावना बढेर जान्छ । यदि तपाई लामो समयको लागि लगानी गर्ने लगानीकर्ता नै भए पनि प्राविधिक ज्ञानले तपाइलाई सहि समयमा बजारमा छिर्न र सहि समयमा निस्किन मद्धत गर्दछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको