Like us!
Follow us!
Connect us!
Watch us!

सेयर शिक्षा : बुकक्लोज के हो ? मूल्य समायाेजन कसरी हुन्छ ?

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १३ : ०८ मा प्रकाशित

सेयर शिक्षा : बुकक्लोज के हो ? मूल्य समायाेजन कसरी हुन्छ ?

कम्पनीहरुले सेयरधनीहरुको रेकर्ड अद्यावधिक राख्ने रजिस्टर सेयरधनी दर्ता किताब हो । कम्पनीहरुले ऐनको व्यवस्था अनुसार निश्चित अवधिका लागि सेयर दाखिल खारेज तथा नामसारी नहुने गरीसेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्छन् ।

कम्पनीहरुले विशेष गरी कुन मितिसम्म कायम रहेका सेयरधनीहरुलाई साधारण सभामा सहभागी गराउने तथा लाभांश/बोनस सेयर/हकप्रद सेयर जस्ता प्रतिफलहरु प्रदान गर्ने भन्ने सम्बन्धमा निर्क्यौल गर्नका लागि बुकक्लोज गर्छन् ।

बुकक्लोज भएको अवधिमा पनि सेयर खरिद बिक्री गर्न सकिन्छ । तर बुकक्लोज भएको अवधिमा सेयर खरिद गर्ने लगानीकर्ताले सम्बन्धित कम्पनीले बुकक्लोज हुनु भन्दा अघि घोषणा गरेकाे लाभहरु भने प्राप्त गर्न सक्दैनन् । त्यसैले धितोपत्र खरिद गर्ने लगानीकर्ता यो विषयमा चनाखो हुनुपर्छ ।

बुकक्लोज गरेकाे दिन कम्पनीकाे बोनस र हकप्रद सेयरको बजार भाउ पनि समायोजन गरिन्छ । बोनस र हकप्रद सेयर दिँदा सेयर संख्या थपिने भएकाले मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन हुँदा कम्पनीको सेयर भाउ भने घट्छ ।

बोनस सेयरको मूल्य समायोजन गर्ने सुत्र :

                                                    बुकक्लोज भन्दा अघिल्लो दिनको सेयरमूल्य

                                                     ÷

                                                                     १ + बोनस %

हकप्रद सेयरको मूल्य समायोजन गर्ने सुत्र :

                                       बुक क्लोजभन्दा अघिल्लो दिनको सेयरमूल्य + हकप्रद सेयरको कुल अंकित मूल्य

                                                                 ÷

१ + हकप्रद %

सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि ?

धेरै नयाँ लगानीकर्ताहरुलाई दोस्रो बजारबाट कहिलेसम्म सेयर खरिद गर्दा नगद लाभांश, बोनस सेयर र हकप्रद सेयर पाईन्छ तथा साधारण सभामा भाग लिनलाई कहिलेसम्म सेयर खरिद गर्ने भन्ने कुराको ज्ञान नहुँदा बोनस सेयर र हकप्रद सेयर छुटेको र बोनस तथा हकप्रद सेयरकाे लाेभमा बुकक्लोज पछाडि सेयर खरिद गरेर डुब्ने गरेका हामीले सुनिरहेका हुन्छाैँ ।

लगानीकर्ताहरूले बुकक्लोज अगाडि सेयर खरिद गर्दा उपयुक्त हुन्छ कि पछाडि खरिद गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा ध्यान दिनु जरूरी हुन्छ । बोनस र हकप्रदको लागि हुने बुकक्लोजले सेयरमूल्य र आपूर्ति प्रभावित गर्ने हुँदा त्यसपछिको मूल्य आँकलन, जोखिम वहन र व्यवस्थापन गर्ने क्षमता, लगानीको उद्देश्य र अवधि जस्ता पक्षहरूलाई ध्यान दिएर सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि भन्ने निर्णय गर्नुपर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको