Like us!
Follow us!
Connect us!
Watch us!

बालाजुबाट स्रोत नखुलेको करिव ७० लाख रुपैयाँसहित एक जना पक्राउ

अर्थ संसार

बुधबार, २६ माघ २०७८, १२ : ४१ मा प्रकाशित

बालाजुबाट स्रोत नखुलेको करिव ७० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपासबाट स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको