Like us!
Follow us!
Connect us!
Watch us!

“कमर्सियल बैंकमा बुल नआई बुलिस ट्रेन्ड सकिँदैन, नेप्से ५००० पुग्ने मेरो अनुमान”

लगानीकर्ताको आवाज

आइतबार, २२ फागुन २०७८, १५ : ४८ मा प्रकाशित

आज भन्दा करिब १० वर्ष अघि आईपीओ मार्फत सेयर बजारमा प्रवेश गरेका व्यवसायी विकास श्रेष्ठ लगानीकर्ताहरुको संगठन नेपाल पूँजी बजार लगानीकर्ता संघका गण्डकी प्रदेश संयोजक पनि हुन् । व्यवसायबाट केही समय व्यवस्थापन गरी सेयर बजारमा समेत सक्रिय श्रेष्ठ सेयर बजारलाई वैकल्पिक आम्दानीको राम्रो श्रोत मान्छन् । 

नेपालको पूँजी बजारको करिब ६० प्रतिशत हिस्सा ओगटेको बैंकिङ सेक्टरमा बुल नआई अहिलेको बुल ट्रेन्ड नसकिने बताउँछन् उनी । ‘वास्तवमा भन्ने हो भने अहिलेसम्म वास्तविक बुल त आएकै छैन, ३२०० को इन्डेक्सलाई कतिपयले बढी भनिरहेका छन् तर म भन्छु यो केही पनि होईन कमर्सियल बैंकमा त बुल आउनै बाँकी छ’ उनले भने ‘यदि सबै कुरा समान्य भएमा यो बुलमा नेप्से इन्डेक्स ५००० भन्दा माथि पुग्ने मेरो अनुमान हो कम्तिमा पनि अघिल्लो बुल भन्दा ३ गुणा बढी त जानै पर्यो नि इन्डेक्स ।’  

‘सामान्य रुपमा बजार स्वभाविक रुपले नै चल्छ केही प्रतिशत मात्र ठुला लगानीकर्ताहरुले बजारलाई सामान्य प्रभावित भने पार्न सक्लान् तर अहिले बजारमा नयाँ लगानीकर्ताहरुको पनि बलियो उपस्थिती छ त्यसैले पहिले पहिले जस्तो केहि व्यक्ति र समूहको स्वार्थ अनुकुल अहिलेको बजार चल्दैन र उनीहरुले चलाउन पनि सक्दैनन्’ उनले भने । 

सेयर बजार भनेको यस्तो ठाँउ हो जहाँ छिरिसकेपनि निस्कन ज्यादै कठिन हुन्छ त्यसैले यसमा लगानी गर्ने लगानीकर्ताहरुले फलानोले यो स्टकमा यति कमायो अब म पनि कमाउँछु भन्दै हौसिएर लगानी गर्नु भन्दा पनि बजारलाई राम्रो सँग अध्ययन गरेर, अवस्था बुझेर र आफ्नो अवस्था हेरेर लगानी गर्नुपर्ने उनको तर्क छ । 

‘कुनै समय मैले आफुसँग भएको जग्गा समेत बेचेर सेयरमा लगानी गरेको थिएँ त्यो बेला मलाई सबैले यो बौलायोसम्म भने तर अहिले मैले त्यही एउटा घडेरी बेचेर आएका पैसाले लगानी गरेर २ वटा घडेरीको बराबर पैसा कमाई सकेँ’ उनले भने ‘बजारमा अरुले कमाएको देखेर भन्दा पनि आफुले हेरेर अध्ययन गरेर लगानी गरे जसले गर्दा अहिलेसम्म मैले कुनै पनि स्टकबाट नोक्सानी व्यहोर्नु परेको छैन म कुनै स्टक घाटामा छ भने बेच्दै बेच्दिँन ।’

‘आफुसँग भएको पूँजी बराबर नै कर्जा लिएर सेयरमा लगानी गर्दा हुन्छ तर लगानी गर्ने सबै पैसा कर्जा नै लिएर गर्यो भने त्यस्तो अवस्थामा डुब्ने खतरा हुन्छ, आफ्नो पूँजी त होल्ड गर्न सकिन्छ तर कर्जाको पैसा त धेरै होल्ड गर्न पनि सकिँदैन र कर्जा तिर्नुपर्ने अवस्थामा जति मूल्यमा पनि सेयर बेच्ने पर्ने बाध्यता हुन्छ’ उनले भने । 

उनै श्रेष्ठसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको