नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन बाग्मति प्रादेशिक समितीको आयोजनामा नेपाल टेलिकम केन्द्रीय कार्यालय परिसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संगठनको एकतापछिको तेस्रो वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रममा आयोजना गरिएको हो । संगठनकी प्रादेशिक समिती उपाध्यक्ष एंव रक्तदान कार्यक्रम संयोजक अमृता अधिकारी क्षेत्रीले ५२ जनाबाट ५२ पोइन्ट रगत संकलन गरिएको बताइन् ।
वार्षिकाेत्सवमा विभिन्न कार्यक्रमहरु आयोजन गर्ने योजना अनुरुप हिजो कर्मचारीहरुकाबीचमा आइक्यु र जीके प्रतियोगिता आयोजना गरिएको र भोलि वृद्धाश्रममा आवश्यक सामग्रीहरु वितरण गरिने अधिकारीले बताइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस