Like us!
Follow us!
Connect us!
Watch us!

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन निर्वाचन सर्ने कनै सम्भावना छैन

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, १० : ०३ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन निर्वाचन सर्ने कनै सम्भावना छैन

वैशाख ३० मा तोकिएको स्थानिय तहको निर्वाचनको मिति नजीकीदै गर्दा सरोकारवालाहरु बाट विभिन्न खाले चिन्ता ब्यक्त भईरहेका छन ।  दलहरुको निर्वाचनलाई लिएर देखिएको सुस्त तयारी, टिकट  वितरण र उम्मेदवार छनोटमा भईरहेको अलमल एंव विगतका वर्षहरुको जस्तो चहलपहल नदेखिनुले यस्ता आशंकाहरुलाई बल दिईरहेको हो । 

अर्कोतिर स्थानीय तहको निर्वाचन सर्न सक्ने हल्ला पनि चलिरहेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षड्यन्त्र भइरहेको आरोप सार्वजनिक रूपमै लगाएका छन् ।सरकारले पनि शान्ति प्रकृयामा आएको विपल्व नेतृत्वको नेकपा माओवादीलाई निर्वाचनमा सामेल गर्ने तयारी रहेको र यसका लागी प्रयास पनि भईरहेको बताएको छ । विपल्व समुहले चाँही आफुहरुले चुनावमा सामेल हुन प्रयाप्त तयारी गनुपर्ने भएकाले निर्वाचन सार्नु पर्नेमा जोड दिएको अवस्था छ ।

यहि बिच प्रमुख  निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन सार्ने भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका हुन् । उनले सरकारबाट निर्वाचन आयोगलाई वैशाख ३० मा निर्वाचन गर्नुपर्छ भन्ने प्रष्ट्र निर्देशन रहेको र निर्वाचन आयोगको तयारी पनि द्रुत गतीमा चलीरहेकाले निर्वाचन नसर्ने बताए ।  अहिले आएर निर्वाचन सर्छ भन्नु हल्ला मात्रै रहेको उनको भनाई छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको